» » मधेशी मोर्चालाई मिलाउन प्रचण्डको यस्तो छ सुत्र



जेठ २५ गतेदेखि काठमाडौको सहिद मञ्चमा संघीय गठबन्धनले रिले अनसन गर्दा नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले कहिले वास्ता गरेका थिएन तर जब केपी शर्मा अ‍ोली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न मधेशी मोर्चाले सघाउने भएपछि असार ३१ गते अन्तिम दिन अनसनस्थलमा गएर ऐक्यवद्धता जनाउनु भयो ।

उहाँले ऐक्यवद्धता मात्र जनाउनु भएन, आफू यहाँ आएपछि माइतीमा आएको जस्तो लागेको भन्दै एकभएर आन्दोलनका लागि संघर्ष गर्ने पनि धारणा राखे । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेर नै सहयोग गरिसकेका मधेशी मोर्चालाई अब आफ्नो पक्षमा तान्नका लागि रणनीति बनाएर बसेका छन् ।

मधेशी मोर्चाका नेताहरुले सविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने भनिरहेका छन् र एमालेले साथ नदिएसम्म सविधान संशोधन गर्ने सम्भावना छैन । यदि एमालेले सविधान संशोधनमा साथ नदिए मधेशवादी दलका नेताहरु एमालेप्रति झन आक्रोशित हुनेछ र आफ्नो माग पूरा गराउन बाध्य भएर काँग्रेस, माओवादी गठबन्धनलाई साथ दिनेछ भनि हुने प्रचण्डको बुझाई छ ।

आफ्नो निवासमा पत्रकारहरुसँग असार ३१ गते कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, मधेशी मोर्चासँग विकल्प छैन, त्यतिकै पनि मधेशमा एमालेको विरोध भइरहेको छ, ओलीको सरकार ढलेपछि मधेशमा खुशियाली मनाइरहेका छन् । अगाडि गएर झन मधेशको मागलाई सम्बोधन गर्न एमाले चाहँदैन र हाम्रो गठबन्धनमा आउन बाध्य हुनेछ ।’

काँग्रेससँग भएको सात बुँदे सम्झौताको क्रममा मधेशवादी दलका नेताहरुको पनि सहभागिता रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मधेशवादी दलको सल्लाहमा सात बुँदे सम्झौता भएको खुलाए । सात बुँदे सम्झौताको पहिलो नम्बर बुँदा मधेश, आदिवासी जनजाति र थारुसँग सम्बन्धित आउनुको कारण नै उहाँहरुसँग सल्लाह भएर भएको बुझ्न सकिन्छ, उहाँले भन्नुभयो ।

सोही दिन विहान अध्यक्ष प्रचण्ड र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बीच भेटघाट भयो । भेटघाटमा अध्यक्ष गच्छदारले नयाँ सरकारको बारेमा मधेशी मोर्चाको अवस्था बारेमा प्रचण्डसँग बुझ्ने प्रयास गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको अवस्था हेरेर आफू सरकारबाट फर्किने र चाँडै फर्किने आश्वासन अध्यक्ष प्रचण्डलाई दिएको स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले मधेशी मोर्चाका नेताहरुलाई सत्ताधारी गठबन्धनलाई सहयोग गर्ने भनिएपनि मधेशको मुद्दाप्रति साह्रै गम्भीर दखिएको कुरा गच्छदारसमक्ष राख्नु भएको थियो । उहाँहरुको मागको बारेमा विश्वासिलो आधार दिए सरकारमा आउन सक्छ, सरकारमा नआए चुनावमा सहयोग गर्ने आफूलाई विश्वास लागेको प्रचण्डले राखेका थिए ।

जबकि सरकारबाट समर्थन फिर्ता लिनु एकदिन अघि सत्ताधारी दलको बैठकमा अध्यक्ष गच्छदारले अध्यक्ष प्रचण्डलाई सरकार नछाड्न दवाव दिनुभएको थियो । उहाँले अध्यक्ष प्रचण्डलाई भन्नुभएको थियो, प्रचण्डजी काँग्रेसलाई तपाई भन्दा म बढी चिन्छु, उनीहरुको स्ट्याण्ड र विचार कस्तो छ त्यो कुरा म भन्दा बढी अरु कसैलाई थाह हुँदैन ।

राजनीतिकमा कहाँसम्म खेल्नसक्छ त्यो पनि थाह छ, त्यसैले यो गठबन्धन नछाड्नुस् एकपटक पुनःविचार गर्नुस् । यो गठबन्धनलाई नै नयाँ ढंगबाट अगाडि बढाउनुस् हामीले तपाईलाई सहयोग गर्न तयार छौ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..