» » अमरेश सिहले बोलेको कुरा संसदको रेकर्डबाट हटायो


काठमाडौ साउन ७ गते । नेपाली काँग्रेसका नेता एवं सांसद डा.अमरेशकुमार सिहले राजनीतकको मूल्यमान्यतालाई अवरोध गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको आरोप लगाउनु भयो
संसदमा अल्पमत परेपनि उहाँले राजिनामा दिनु भएन, अन्तरराष्ट्रिय मान्यताहरु थाह पाएको भए, उहाँ कुर्सीमा बस्न सक्नु हुन्थेन, उहाँले आजको संसदमा बोल्नु हुँदै भन्नुभयो, संसदीय व्यवस्था अंगिकार गरेका छौ भने त्यसलाई मान्नुपर्छ ।

केपी ओलीको मनोवृति निरकुँश हो, उहाँले देशमा मात्र होइन, पार्टीमा पनि निरकुशता लादनु भएको आरोप लगाउँदै नेता सिंहले काठमाडौको समान्यबाट पीच गर्न नसक्ने देशलाई सपना देखाएको आरोप लगाउनुभयो ।
ओलीले के औषधी खान्नु हुन्छ, औषधीका कारण यस्तो सन्की कुरा गरेको डाक्टरहरुले नै भनिरहेका छन्, तर त्यसको असर समाननीय संसदमा पर्नु हुँदैन पनि उहाँले भन्नुभयो ।

केपी अ‍ोलीले कहिले मधेशको विरुद्धमा अभिव्यक्ति दिनुभयो, कहिले थारुको विरुद्धमा अभिव्यक्ति दिनुभएको डा.सिहले आरोप लगाउनु भयो ।

मानसिक अवस्थाको बारेमा डा.सिहले अभिव्यक्ति दिएपछि एमालेका नेताहरुले हुटिगं गरेका थिए । नेताहरुले बोल्न थालेपछि बाध्य भएर सभामुख ओन्सारी घर्तीमगरले सिहले बोलेको कुरा रेकर्डबाट हटाउन लगाउनु भएको थियो । प्रधानमन्त्रीको विरुद्धमा अनवश्यक कुराहरु नबोल्न पनि सभामुखले रुलिगं गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..