» » बाढी पिडितको बारेमा पनि सोच (सम्पादकीय)

यसपटक असार पहिलो हप्तादेखि शुरु भएको मनसुनसँगै बाढी पहिरोले तराई मधेशका विभिन्न जिल्लालाई प्रभावित गरेको छ । खास गरि सप्तरी, मोरगं, झापा, सिरहा, धनुषा, महोत्तरी, कैलाली जिल्ला सबभन्दा बढी प्रभावित भएको देखिएको छ ।

हालसम्म मोरगंमा बाढीका कारणले तीनजनाको मृत्यू पनि भइसकेको छ भने लाखौ रुपियाँको धनजनको क्षति पनि भएको छ । यति हुँदा हुँदै पनि सरकारले हालसम्म कुनै वास्ता देखाएको छैन । बाढी पहिरोको कारण प्रत्येक साल धनजनको क्षति हुने गरेको, हजारौं हेक्टर खेतीयोग्य जमिन कटानमा परेर बगरमा परिणत भएको तथ्यांकहरुले देखाउँछन् तर सरकारले कुने दीर्घकालिन रणनीति बनाउन सकेका छैन ।

प्रत्येक साल हुने गरेको यस खालको क्षतिबाट राज्य अनभिज्ञ छैन । हरेक कुराको रिपोर्ट छ राज्यसँग । राज्यका संयन्त्रणले पलपलको खबर सरकारलाई दिइरहेका हुन्छन् तर सरकारले समयमा काम नगरि दिनाले मधेशीका जनताले दुखा पाएका हुन्छन् । बाढीले मधेशलाई छिया छिया गरेपछि मात्र राहतको जोहोमा जुट्छन् सरकार । अनि मात्र दैवी प्रकोप उद्धार कोषमा पैसा जम्मा गर्न अनुरोध गर्छ । अनि मात्र राहतका लागि अन्य उपायहरु सुझाउँछन् ।

अनि मात्र जाली, बोल्डर (ढुगां) लिएर घटनास्थल पुग्छ । खोला नाला तथा नदी नियन्त्रणका लागि करौडो बजेट त्यतिकै फ्रिज भएर जान्छ । यदि काम भए पनि त उही असारको लास्टतिर हुन्छ । भएका कामहरु पनि खोलाले बगाएर लैजान्छन् । असारमा गरेको काम देखिएको हुन्छ । काम बगेर गएपनि अर्को आर्थिक वर्षमा त्यहाँ फेरि बजेट हाल्न सकिन्छ । यस्तो राज्यको संयन्त्र ।

नेपालमा बाढीको जोखिम कहाँ कहाँ छ भने कुरा बच्चा बच्चालाई थाह भइसक्यो । राज्यलाई थाह नहुने कुरै छैन तर त्यसलाई व्यवस्थापन गर्ने चासो समयमा लिँदैन । बरु बाढीका कारणले क्षति गर्न थालेपछि, मान्छे मर्न थालेपछि मात्र राहतको जोहोमा जुट्न थाल्छ । त्यसको कुनै अर्थ हुँदैन ।

यो बाढी अकास्मिक आएको होइन । यो आगलागी, हैजा, भूकम्प होइन जो थाहै नदिइकन आउँछन् । पानी परेपछि बाढी आउँछन् र त्यो प्रत्येक साल यही महिनामा आउँछन् भने कुरा प्रष्ट छ । थाह हुँदा हुँदै चासो नलिएको कारण मधेशी जनता ठूलो क्षति ब्यहोर्नु परेको छ । यदि समयमा क्षति न्यूनिकरणका लागि कार्य गरेको भए बेकारमा यति जनता किन दुख पाउनु पथ्र्यो । त्यसैले बाढीबाट जोखिम हुने ठाउँको पहिचान गरी समयमा त्यसलाई मर्मत गरि बाढीबाट बचाउन सकिन्छ ।

अर्को कुरा कतिपय ठाउँमा जति तटबन्ध गरेपनि बाढी आउँदा पानी बढी भएर गाउँघरमा पस्छन् तर त्यसको पनि उपायहरु होला । पानीलाई कसरी रोक्न सकिन्छ । बढी भएको पानी राख्ने बढी भएको पानी फ्याल दिने कि त्यसलाई संकलन गरेर राख्ने ।

अहिले सिचाई मन्त्रालयले पोखरीको कन्सेप्ट पनि त्यही कारणले ल्याएको छ । नदीमा पानी बढी भयो भने पोखरीमा राख्ने, नभएसम्म पोखरीमा मापनि जम्मा गर्न सकिन्छ । बाढी गइसकेपछि त्यो पोखरीको पानी विस्तारे बगाएर पठाउन सकिन्छ वा त्यही पनिले पछि सिचाईमा प्रयोग गर्न सकिन्छ । प्लाष्टिका पोखरी पनि निर्माण गर्न सकिन्छ खोला नालामा आएको बाढीको पानीलाई त्यसमा राखेर पानीका बहाबलाई कमजोर गर्न सकिन्छ ।

अर्को कुरा, मधेशका ठेक्का लिएर बसेका मधेशवादी दलहरु त सरकारी रवैयाभन्दा धेरै अगाडि छ । बाढी पहिरोबाट क्षति भएको घरमा सन्त्वना दिन पनि जाँदैन । के त्यो क्षेत्रका राजनीतिक गर्ने राजनीतिक दलको दायित्वभित्र पर्दैनन् । भोटको बेला भोट लिन विगट गाउँ गाउँ जाने नेताहरु अहिले बाढीको जोखिममा परेका जनताको बारेमा चर्चा पनि गर्दैन त्यहाँ जानु त बेग्लै कुरा । मधेशको विभिन्न माग लिएर काठमाडौ केन्द्रीत आन्दोलन गरिरहेका छन् तर बाढीबाट मधेशी जनता आक्रान्त भएका छन् त्यसको बारेमा केही बोलेका छैन । बाढीबाट पिडित भएकालाई क्षतिपूर्ति दिलाउन, राहत दिलाउन मधेशवादी दल बोल्नु पर्ने हो तर त्यस्तो देखिएको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..