» » फोरम नेपालले गर्दैछन् होलटाइमर कार्यकर्ताको व्यवस्था

काठमाडौ साउन १० गते र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीमा पूर्णकालिन (होलटाइमर) कार्यकर्ताका व्यवस्था गर्ने भएको छ ।

फोरम नेपालको दुई दिनसम्म चलेको बैठकले यस्तो निर्णय गरेको एक नेताले बताउनु भएको छ । जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज तथा थप तीनजना गरि पाँचजना तथा प्रदेश इन्चार्जगरि तीनजना पूर्णकालिन कार्यकर्ता राख्ने निर्णय भएको बताइएको छ । पूर्णकालिन कार्यकर्ताका लागि पार्टीले दैनिक गुजाराको व्यवस्था गर्ने तर के कति गर्ने विषय अझै टुगों नलागेको पार्टी स्रोतले जनाएको छ ।

पूर्णकालिन कार्यकर्ता बनाउने निर्णय भइसकेको छ, र त्यसको व्यवस्थान कसरी गर्ने विषयमा नीति नै बनाएर टुगों लगाउने पनि छलफल भएको छ । हुनत पार्टीमा शुरुदेखि नै पूर्णकालिन कार्यकताहरु छन् तर त्यसको उचित व्यवस्थापन भएको थिएन, अब नीति नै बनाएर पूर्णकालिन कार्यकर्ताको व्यवस्था गर्न लागिएको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..