» » सेवा प्रदायक निकायहरूलाई सार्वजनिक सुनुवाईकै चटारो


मनिष गुप्ता
कपिलवस्तु असार ३१ गते । आर्थिक वर्षको समाप्तीसँगै यतिबेला सेवाप्रदायक संस्थालाई सार्वजनिक सुनुवाई भ्याउनकै लागि चटारो मचिएको छ ।

यतिबेला जिल्लाभरका गाविस तथा नगरपालिकाहरुलाई वर्षभरि गरेका क्रियाकलापलाई हरेक नागरिकमाझ पारदर्शी र जवाफदेही बनाउन सार्वजनिक सुनुवाई गर्न भ्याई नभ्याई भएको हो । सेवाप्रदायक संस्थाले जनगुनासो सुनेर कमीकमजोरीलाई क्रमिक सुधार गरी जनतालाई प्रदान गर्ने सेवा सुविधालाई सरल, सहज र प्रभावकारी रुपमा जनमुखी बनाउन सार्वजनिक सुनुवाई गर्दै आएका हुन् ।

जिल्ला विकास समितिका अनुसार जिल्लाका अधिकांश निकायले असारकै अन्तिम साताभित्रै सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेका छन् । यसैगरी केही गाविसले आर्थिकवर्षको समाप्तीसँगै अन्तिम दिनमा समेत सार्वजनिक सुनुवाई सम्पन्न गरेको बताइएको छ ।

गाविसका हरेक कार्यक्रम तथा पूर्वाधारलाई सुशासन, पारदर्शी र जवाफदेही बनाउन शिवगढी, खुरुहुरिया, गुगौली लगायतका गाविसमा सार्वजनिक सुनुवाई सम्पन्न भएका छन् । कार्यक्रममा मुख्य जवाफदेहीको रुपमा रहेका गाविस सचिव, स्वास्थ्य चौकी इन्चार्ज तथा गाविसस्थित अन्य सेवा प्रदायक संस्थाका प्रमुखले सहभागीबाट उठेका सवालको जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च, समाजसेवी, बुद्धिजिवी, महिला समूहका प्रतिनिधि लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रम विकास, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाई लगायतका विषयवस्तुमाथि सवाल जवाफ गरिएको थियो । शिवगढी र खुरुहुरिया गाविसको सार्वजनिक सुनुवाईमा चन्द्रौटास्थित सामुदायिक रेडियो शिवराजका स्टेशन म्यानेजर चिन्ता परियार र गुगौली गाविसको सार्वजनिक सुनुवाई सामुदायिक रेडियो भ्वाइसका स्टेशन म्यानेजर संजीव गहतराजले सहजीकरण गरेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..