» » बारामा संघीय प्रेस फोरम गठन

राकेश यादव
बारा साउन १२ गते । श्रमजिवि पत्रकारहरुको संगठन संघीय प्रेस फोरम नेपालको बारा जिल्ला तदर्थ कमिटि बुधवार गठन भएको छ । कलैयालाईभ डट कमका सञ्चालक अरुण कुमार साहको अध्यक्षतामा १३ सदसिय कमिटि गठन भएको हो ।

बाराका क्रियाशिल पत्रकाशहरुको कलैयामा सम्पन्न भेलाले सो कमिटि गठन गरेको हो । तदर्थ कमिटिको उपाध्यक्षहरुमा बादल एफएम का नुरआलम बादशाह र नारायणि टुडे दैनिकका अजय कुमार साह, सचिवमा साझेदारि दैनिकका नरेश गुप्ता, सह सचिवमा कृपा दैनिकका सिकेन्द्र साह, कोषाध्यक्षमा बिश्वास एफएम कि रानि गुप्ता तथा सदस्यहरुमा मुकेशचन्द्र कुशवाहा, मुकेश कुमार मण्डल, बिरजु पासवान, संजय कुशवाहा, राजेश यादव, बिकि कुशवाहा र द्धारिकानाथ मण्डल रहनु भएको छ ।

नेपाल पत्रकार महासंघ बाराका सहसचिव संजय तिवारीको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य प्रमोदप्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा संघीय समाजवादी फोरम नेपाल निकट संघीय प्रेस फोरम नेपालका केन्द्रीय महासचिव सरोज खेलाडीको विशेष उपस्थिति थियो ।

नवगठित कार्यसमितिलाई बधाई दिदै केन्द्रीय सदस्य गुप्ताले मधेशको वास्तविक समाचारहरुलाई आ आफ्नो मिडियाबाट प्रकाशण, प्रसारण गर्न सबैलाई आग्रह गरेका थिए ।

संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबु कुमार यादवले कलमका माध्यमबाट मधेशको अधिकारका निम्ति सबैलाई लाग्न आग्रह गर्नुभयो ।

नवगठित तदर्थ कमिटिले आगामि एक वर्षभित्र संगठन विस्तार गरी अधिवेशन गर्ने निर्णय गरेको सचिव नरेश गुप्ताले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..