» » प्रचण्डले भन्नुभयो, माओवादी केन्द्र वर्तमान सरकारको विपक्षमा जानै सक्दैन


काठमाडौं असार २५ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसो र साँझ गरेर  दुई पटक बालुवाटार पुग्नु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा गोप्य वार्ता भएको छ । उहाँहरूबीच बिहान ८ बजेदेखि दसबजेसम्म छलफल भयो ।

ओली र प्रचण्डको भेटमा यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । दाहालले भन्ने, शुक्रबार साँझको भेटमा मंसिरसम्म यही सरकार कायम राख्ने विषयमा छलफल भएको छ ।’

प्रचण्ड र ओलीबीच शुक्रबार मात्र पटकपटक भेटवार्ता भएको भए पनि दाहालले भने साँझ एक पटकमात्र भेटवार्ता भएको दाबी गर्नुभयो । ‘साँझ प्रधानमन्त्रीसँग भेट भएको हो,’ दाहालले भन्नुभयो ।  भेटमा प्रचण्डले माओवादी केन्द्र वर्तमान गठबन्धनको सरकारको विपक्षमा जान नसक्ने विषय जानकारी गराउनु भएको थियो ।

पछिल्लो  समय सरकार परिवर्तनबारे अनावश्यक टिकाटिप्पणी भएको भन्दै ओलीले दाहलसँग असन्तुष्टि पोख्नु भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले आफूलाई चित्त नबुझे कि सरकार ढालिहाल्नु, नभए सरकारलाई काम गर्ने वातावरण बनाइदिनु भनी प्रचण्डसँग भनेको स्रोतको दाबी छ ।

उहाँले मंसिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि मात्र सरकारको नेतृत्वका विषयमा छलफल गर्दा राम्रो हुने सुझाउनु भएको भनि आजको अन्नपूर्णमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..