» » सीमामा भएको झडपमा घाइते भएका देवनारायणलाई काठमाडौ ल्याइयो


काठमाडौँँ, साउन १५ गते । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दशगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते हुनुभएका पूर्व जिविस सदस्य देवनारायण यादवलाई उपचारका लागि आज काठमाडौँ ल्याइएको छ ।

‘राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा यादवलाई स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

अभियानको पहलमा विराटनगरबाट विमानमा यादवलाई काठमाडौँ ल्याइएको अभियानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यादवलाई आवश्यक उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौँमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने अभियानका सदस्य राजेश राईले जानकारी दिनुभयो ।

घाइते यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..