» » एसएलसीको पूरक परीक्षा साउन १४ गते देखि


काठमाडौ, साउन १० गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ ।

कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिनुभयो । उहाँले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिनुभयो ।

परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै उहाँले एक लाख ४७ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बताउनुभयो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको बताउनुभयो ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको छ ।

परीक्षा साउन १४ देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..