» » बाढीको सम्बन्धमा सद्भावना पार्टीले जारी गरेको विज्ञप्ति


                                             
                                                         २०७३÷०४÷१०
प्रेस विज्ञप्ती

विगत केहि दिन देखि को लगातार वर्षाले देश को विभिन्न भाग का जनतालाई प्रत्यक्ष असर पुर्याएको छ । खास गरी मधेश का विभिन्न नदि–नालामा बढेर गएको पानी को उच्च बहाव का कारण मधेश भरी कै ग्रामिण भेग का घरहरुमा पानी पसेर अर्वो को धन–सम्पतिको नोक्सानी समेत गरिसकेको छ । लगातारको वर्षा बाट उत्पन्न बाढीले त आम जनतालाई प्रत्यक्ष मर्कामा पारेको छ नै वर्षाका कारण दैनिक जिवनयापनमा समस्याका साथै स्वास्थ्य समेतमा प्रतिकुल असर पार्न थालिसकेको छ । यो वर्षाले वाली–नाली नष्ट गर्नुका साथै नदी कटान जस्ता कारणले वस्तीहरुलाई नै विस्थापित गरेको छ । पिडितहरुलाई भोक–भोकै बस्न समेत बाध्य तुल्याएको छ ।

प्राकृतिक विपदाको यस घडिमा बाढी पिडितहरु माझ अबिलम्ब सहयोग को लागि परिचालित हुन् सद्भावना पार्टी सम्पुर्ण पार्टी पंक्तीलाई निर्देशित गर्दछ् । सद्भावना पार्टी, बाढी पिडितहरुको लागि अबिलम्ब आवास,भोजन, औषधी, वस्त्र इत्यादीको ब्यास्था संग–संगै बाढी बाट बाली–नाली लगायतमा हुनगएको क्षतिको लागि पिडितहरुलाई अबिलम्ब राहत एवं क्षति पुर्ती प्रदान गर्न तथा विस्थापितहरु लाई पुनस्थापित गराउन सरकार संग जोडदार मांग गर्दछ ।


राजेन्द्र महतो
राष्ट्रीय अध्यक्ष

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..