» » बलात्कार घटनाको बारेमा जानकारी लिन सशस्त्रका आइजीपीलाई बोलाउने

काठमाडौँ, असार २२ गते । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले कपिलवस्तुको चन्द्रौटामा भएको बलात्कारको घटनाबारे जानकारी लिन गृहमन्त्री र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई आगामी बैठकमा बोलाउने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले जेठ ३० गते अपाङ्गता भएकी महिलामाथि भएको  भनिएको सामूहिक बलात्कारको घटनाको स्थलगत छानबिन गर्ने निर्णय पनि गरेको छ । बैठकमा सदस्यले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग माग गर्नुभएको थियो ।

गृहमन्त्री र सशस्त्र प्रहरीका महानिरीक्षकसँग आवश्यक जानकारी लिएपनि छानबिनका लागि गठन भएको पाँच सदस्यीय टोली त्यसतर्फ जाने निर्णय भएको हो । टोलीले स्थानीय जनतासँग त्यस विषयमा आवश्यक अन्तरक्रिया र सार्वजनिक सुनुवाइसमेत चलाउने बताइएको छ ।

बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न अर्काे पाँच सदस्यीय उपसमिति पनि गठन गरेको छ । समितिले नेपाल रिक्रेशन सेन्टर प्रालिले सञ्चालन गरेको क्यासिनो बन्द भए पनि त्यहाँका श्रमिकले तलब भत्ता नपाएको हुँदा त्यस विषयलाई कसरी सुल्झाउन सकिन्छ, भन्ने बारेमा अध्ययन गरी प्रतिवेदन दिन वीरबहादुर हमाल संयोजक रहनुभएको पाँच सदस्यीय उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..