» » अनुष्काले भनिन्, ‘म सलमानलाई चिन्दिन’


आफू रेसलिङ्को सुटिङबाट बाहिर निस्कदा बलात्कृत महिलाको जस्तो अनुभव हुने अभिव्यक्ति दिएका बलिउड स्टार सलमान खानको आलोचना अझै रोकिएको छैन । चलचित्र ‘सुल्तान’को प्रमोशनको क्रममा दिएको यस्तो बयानप्रति सुल्तानकै नायिका अनुष्का शर्माले विरोध गरेकी छिन् ।
यो बिषयलाई लिएर यतिका विरोध र आलोचना भएपनि उनी हालसम्म माफी मागेका छैन । कसैले यो बयानलाई खुलेरै आलोचना गरेका छन् भने धेरै कलाकारहरु मौन बसेका छन् । सलमानसँग फिल्म खेलेकी अनुष्काले सलमानको बयानलाई ‘असंवेदनशिल’ भनेकी छिन् ।
अनुष्का शर्माले भनिन्, ‘मैले जब यो बिषयमा सुनेँ, मलाई यो सत्य जस्तो नै लागेन । मैले यो बिषयमा धेरै तिरबाट जान्ने कोशिश पनि गरेँ ।
अनुष्काले अगाडि भनिन्, ‘हामी सबैलाई यो थाहा छ कि, सलमानले बोलेको कुरा ‘असंवेदनशिल’ छ । म त यो कुरा सुनेर चकित भएकी थिएँ । यो कुराले एउटा कुरा पक्का के भएको छ भने, हामी जे बोल्छौ त्यसको जिम्मेवारी हामी आफै हुन्छौ । स्टारले केही कुरा बोल्नु अगाडि त्यसमा सजग हुन जरुरी छ । म सलमानलाई चिन्दिन, उहाँसँग मेरो व्यवसायीक सम्बन्ध मात्र छ । यस्तो बोलिसकेपछि के गर्नुपर्छ त्यो कुरा सलमान पनि थाह छ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..