» » प्रचण्डले भन्नुभयो, ओलीलाई राजतन्त्रसँग लगनगाँठो छ त्यसैले उहाँलाई संघीयता मनपरेको छैन

काठमाडौ साउन ७ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई संघीयता मन नपरेको आरोप लगाउनु भएको छ ।

आज संसदमा बोल्नु हुँदै उहाँले भन्नुभयो, अ‍ोलीजी संसद, अन्य बैठक, मन्त्रीपरिषद्लगायतको बैठकमा बडो प्रष्टसँग बोल्दै आउनु भएको छ कि मलाई संघीयता मन परेको छैन । म त जबर्जस्ती स्वीकार गरेको हुँ ।
अध्यक्ष प्रचण्डले ओलीलाई गणतन्त्र पनि चाहिदैन जस्तो लागेको बताउँदै मनोवैज्ञानिक भवानात्मक रुमपा बुझ्दा प्रधानमन्त्रीलाई गणतन्त्र चाहिदैन भने कुरा प्रष्ट देखएिको बताउनु भयो ।

उहाँको राजतन्त्रसँग राम्रो लगन गाँठो रहेको पनि आरोप लगाउँदै अध्यक्ष प्रचण्डले समावेशी समानुपातिक पनि ओलीलाई मन नपरेको पनि सुनाए । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..