» » पिकअपको ठक्करले बालिकाका मृत्यु

सप्तरी, साउन ३ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ स्थित सडकखण्डमा आज बिहान टाटा पिकअप गाडीको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको बा२झ ७८४ नम्बरको टाटा पिकअप गाडीको ठक्करबाट सप्तरीको पन्सेरा गाविस–७ निवासी स्मत मियाँकी ३ वर्षीया छोरी सतोहा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा हिँड्दै गरेकी ती बालिकालाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टाटा पिकअप गाडीलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..