» » राजेन्द्र महतो वीरगञ्ज गएर दिए कडा आन्दोलनको चेतावनी (हेर्नुस् विभिन्न तस्विरहरु)

पाँचसय भन्दा बढीले गरे पार्टी प्रवेश


पर्सा, साउन ८ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजेन्द महतोले मधेसको माग सम्बोधन नभएसम्म मधेसी मोर्चा सरकारमा नजाने ठाकुवा गर्नुभएको छ ।

अध्यक्ष महतोले मधेसको मुद्दामा तीनटै दल बइमान रहेको उल्लेख गर्दै जारी मधेस आन्दोलनको स्वरुप मात्र परिर्वतन भएको छ र काठमाडौंमा मोर्चा सम्मिलित गठबन्धनले गरेको शान्तिपुर्ण आन्दोलनबाट माग सम्बोधन नभए पुनः कठोर आन्दोलन गर्नुपर्ने चेतावनी दिनुभयो ।

आन्दोलनको नेतृत्व युवा र विद्यार्थीका काँधमा रहेको हुनाले आन्दोलन सफल नभएसम्म आआफनो तर्फबाट सक्रिय एवं नेतृत्वदायि भुमिका निर्वाह गर्न उहाँले निर्देशन समेत दिनुभयो ।

पर्सा जिल्ला प्रभारी एवं केन्द्रिय सहमहामन्त्री अजय गुप्ताले आउने दिनमा सद्भावना मधेसको ठूलो पार्टी हुने बताउदै अधिकार र पहिचानको लागि जारी आन्दोलनको जिम्मेवारी युवाको काँधमा रहेकोले सम्पुर्ण मधेसी युवाहरु एक भएर अगाडि बढनुपर्ने धारणा राख्नुभयो ।

वीरगंजस्थित टाउन हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गर्नेहरुमा युवा गठबन्धन पर्साका अध्यक्ष एवं फोरम लोकतान्त्रिक पर्साका पुर्व जिल्ला सचिव ईश्वर यादव, युवा गठबन्धन पर्साका सह संयोजक एवं रामसपा पर्साका पूर्व जिल्ला सचिव धर्मेन्द्र पटेल, संघीय समाजवादी फोरम नेपाल पर्साका वरिष्ठ नेता किशोरी यादव, नेपाली काँग्रेस मजदुर नेता सुरेश साह कानु, तमलोपा महिला नेतृ एवं तराई मधेस महिला संघकी पर्सा अध्यक्ष रेखा साह रहनु भएको छ ।

त्यस्तै युवा नेता गगनदेव यादव, दिपक साह कानु, संघीय प्रेस फोरमका केन्द्रिय सह कोषाध्यक्ष संतोष पटेल, फोरम लोकतान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय सदस्य रवी पटेल, गाविस पकहामैनपुर राप्रपाका वडा अध्यक्ष जयराम कुर्मी, लवकुश मेडिकल हलका संचालक पन्नालाल पटेल, नेपाल परिवार दल पर्साका कोषाध्यक्ष अजय सर्राफ, सदस्य हरिशंकर सर्राफ, फोरम लोकतान्त्रिक वडा नं. १८ का अध्यक्ष हरिशंकर यादव, सचिव हरिशंकर साह कोषाध्यक्ष ओमप्रकास यादव प्रवेश गर्नुभएको छ ।

प्रध्यापक राजकुमार निखिल, युवा व्यवसायिहरु रोशन मोदी, सुरज गुप्ता, अजय साह तेली, बिजय गुप्ता, बिकास गुप्ता, प्रमोद यादव, निरज गुप्ता, राकेश पाण्डे, संचारकर्मी अनिल वर्मा, प्रवेश चौधरी, कृष्णा यादव, स्वतन्त्र युवाहरु दिपक सर्राफ, अन्सु कुमार, उदयकान्त झा, हरेन्द्र पटेल लगायतले पार्टी प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष राजेन्द्र महतो, सह महासचिवद्वव अजय गुप्ता, सुरेन्द्र कुर्मी, केन्द्रिय सदस्य निजामुदिन समानी, रेखा घिमिरे लगायतकाले फुलमाला ,टीका ,सदस्यता रसिद र मधेसको चिनारी गम्छा सहित सम्मान गर्नुभएको थियो ।

वीरगंज स्थित गण्डकबाट सद्भावना पार्टीका नेता कार्यकर्ताले मोटर साईकल रयाली गरी नगर परिक्रममा गरेका थिए ।

वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको सभापतित्वमा सम्पन्न प्रवेश कार्यक्रममा सहजीकरण जिल्ला सचिव राजेश साह र महिला मंच नगर अध्यक्ष सुनिता रौनियारले स्वागत एवं केन्द्रिय सदस्य मोहनलाल चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।













About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..