» » राहत वितरण कार्यलाई प्रभावकारी बनाउन उपेन्द्र यादवको निर्देशन


काठमाडौं, साउन १६ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राहत संकलन र वितरण अभियानलाई झन् तीब्रता दिन पार्टी मातहतको युवा संगठनलाई निर्देशन दिनुभएको छ ।

बाढी पहिरो पीडितका लागि सरकारले प्रभावकारी राहत वितरण र उद्दार कार्य गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष यादवले पार्टी निकट युवाहरुलाई त्यस कार्यका होमिन निर्देशन दिनु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आज समाजवादी युवा फोरमको सम्पन्न कार्य समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै यादवले भन्नुभयो,– ‘राहत संकलन र वितरण कार्यलाई प्रभावकारी ढंगले बाढी पहिरो पीडितसम्म पुर्याउनु हाम्रो प्राथमिकता हो, यसका कुनै कसर बाकी राख्नु हुँदैन ।’

बाढी पहिरो पीडितहरुलाई राहत वितरण, औषधि उपचारको व्यवस्था, उचित बासस्थानको प्रबन्ध गर्न सरकार विफल भएको भन्दै यादवले पीडितको हकमा प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।

केन्द्रदेखि जिल्लासम्मै कै समाजवादी युवा फोरमलाई बाढी पहिरो पीडितको सहयोगमा जुट्न आह्वान उनले गरेका छन् ।

पछिल्लो समय राहत संकलन अभियानलाई तीब्र बनाएको समाजवादी युवा फोरमले संगठनलाई पनि झन् सुद्दिढ बनाउने निर्णय गरेको गरेको छ ।
जसमा महासचिव अजयकुमार यादवलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यस्तै, दुर्गामणि सुवेदीलाई प्रचार विभाग, अमरेन्द्र यादवलाई विदेश विभाग, जुनु पुनलाई प्रवास विभाग, प्रकाश शर्मालाई खेदकुद विभाग र मनकला लिम्बूलाई महिला विभाग प्रमुख तोकिएको छ ।

बैठकले संगठनको जिल्ला इन्चार्ज समेत तोकेको छ । युवा फोरमका केन्द्रीय अध्यक्ष सुनिल कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकको समापन समारोहमा पार्टी युवराज कार्की, सांसद लालबाबु राउत, पार्टी कोषाध्यक्ष विजय यादव, युवा इन्चार्ज संजय यादव, सहइन्चार्ज विष्णुजंग बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..