» » राष्ट्रपति भण्डारीले सहमतीय सरकारका लागि दिएको समय सीमा सकियो


काठमाडौँ, साउन १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिनुभएको समयसीमा टुङ्गिएपछि प्रधानमन्त्री चयनको प्रक्रिया बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको छ ।

राष्ट्रपति भण्डारीले यही साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिनुभएको थियो । सहमतिको सरकार गठनका लागि दिनुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको चयन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्ने र त्यसका लागि राष्ट्रपति कार्यालयबाट सोसम्बन्धी पत्र प्राप्त हुनुपर्नेछ ।

व्यवस्थापिका–संसद्को बैठक सोमबार १५ः०० बजे राखिएको छ । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नु हुनेछ ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ ।

नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । नेकपा ९एमाले० ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

सचिवालयले सम्भवत यही साउन १९ गते नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ । सहमतिको प्रक्रिया लगभग अन्त्य भएपछि दलले बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउनका लागि प्रयास पनि सुरु गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले आजै राप्रपा नेपालका अध्यक्ष कमल थापासँग भेटवार्ता गर्नुभएको छ । काँग्रेस र माओवादी केन्द्रको संयुक्त कार्यदलले सरकारको प्राथमिकता र संयुक्त नीति तथा कार्यक्रमका बारेमा आवश्यक गृहकार्य गरिरहेको छ भने आन्दोलनरतः मधेसवादी दल र गठबन्धनको संयुक्त कार्यदल पनि छलफलमा जुटिरहेका छन् ।

राष्ट्रपति भण्डारीले आज पनि प्रमुख दलका नेतालाई बोलाएर सहमतिका लागि अझै प्रयास गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना सकिएकाले बहुमतीय प्रक्रियाका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिएको बताउनुभएको थियो ।

राष्ट्रपति भण्डारीसँगको छलफलमा सहभागी मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारले सहमतिको प्रयासका लागि आजसम्म भइरहेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताउँदै सहमतिका लागि सोमबार अपराह्न २ बजे बस्ने संसद्को बैठकअघिसम्म सम्भावना रहेकाले त्यसका लागि प्रयास गरिने जानकारी गराउनुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..