» » १५ लाख फिरौत माग्ने पक्राउ


सप्तरी साउन ११ गते । भाइलाई अपहरण गरी १५ लाख फिरौती माग्ने दाइसहित तीन युवकलाई आज सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज आयोजित पत्रकार सम्मेलनमा सप्तरीको रौतहट गाविस– २ बस्ने गङ्गाई दासका आठवर्षीय छोरा सिकेन्द्रलाई अपहरण गर्ने सिकेन्द्रको ठूलो बुबाको छोरा (दाइ) १६ वर्षीय जितेन्द्रकुमार दास र १८ वर्षीय दिलीपकुमार दास तथा १५ वर्षीय अरविन्दकुमार दासलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

सिरहाको लहानस्थित ग्लोबल बोर्डिङ स्कुलमा अध्ययनरत सिकेन्द्रलाई तीनै युवकले घर नजिकैको चौरबाट तीन दिन अगाडि ललाइफकाइ दिलीप र अरविन्दले स ४ प ३९३३ नंको यमाहा मोटरसाइकलमा चढाएर भारतको लोकाहा हँुदै जटही भन्ने ठाउँसम्म पु¥याएको प्रहरीले जनाएको छ ।

बालक अपहरणपछि उनको परिवारलाई अरविन्दले प्रयोग गरेको ९८२५७४२७५९ नंको मोबाइलबाट अपहरणकारी तीनै जनाले फोन गरी रु १५ लाख फिरौती माग गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी गराउनुभयो ।

उहाँका अनुसार अपहृत बालकका काका झवर दासले प्रहरीलाई जानकारी दिएका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय प्रहरीको सक्रियतामा अपहृत बालकलाई उद्धार गरेका हुन् । अभियुक्त तीनै जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

अभियुक्तविरुद्ध अपहरण तथा शारीरिक बन्धक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..