» » वर्षातको मौसममा सुकुम्बासीको घर भत्काएर देखाए बहादुरी


महोत्तरी साउन १५ गते । सारा देश बाढी पहिरोको चपेटामा परेको छ । बाढी पहिरोबाट पीडित भएकालाई देशका विभिन्न ठाउँबाट सहयोग गर्ने, राहत दिने काम अगाडि बढी रहेको बेला आज महोत्तरीका स्थानीय प्रशासनले सुकुम्बासीलाई दुख दिएको छ ।

वर्षातको समयमा मान्छेलाई घरबारको व्यवस्था गर्नुपर्ने बेलामा त्यहाँका स्थानीय प्रशासनले बहादुरी देखाएर सुकुम्बासीको घर भत्काएको आरोप स्थानीयवासीहरुको रहेको छ ।

बर्दिवास–१ स्थित रातु नदी किनारमा बस्दै आएका सुकुम्बासीहरुको करिब एक दर्जन घरटहरा आज नगरपालिका ,प्रहरी र सशस्त्र प्रहरीले डोजर लगाए  भत्काएको छ ।

पर्ती तथा नदी उकास संरक्षण समिति बर्दिवास र नागरिक समाजको सामूहिक निर्णयबाट सुकुम्बासीहरुको घर टहरा भत्काईएको नगरपालिकाले जनाएको छ ।

यता प्रहरी प्रसाशन घरटहरा भत्काउँन आएको बेला आफुहरुमाथि दुरव्यवहार एवं ज्यादती गरेको सुकुम्बासीहरुले गुनासो गरेका छन् ।

आफुहरु सुकुम्बासी भएकै कारण नदीको छेउमा बस्दा पनि प्रहरी प्रशासन र कथित पर्ती तथा नदी उकास संरक्षण समिति बर्दिवास र नागरिक समाजले घरटहरा भत्काएर आफुहरु माथि अन्याय गरको उहाँहरुको गुनासो छ ।

घरटहरा भत्काउँने क्रममा केहि प्रहरीले सुकुम्बासी महिलाहरुमाथि अभद्र व्यवहार गरेको स्थनीय रामबरण ठाकुरले बताउनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..