» » राम्रो काम गर्नेलाई प्रसंशा गर्न के को कन्जुस्याई


हाम्रो समाजमा खासगरि मधेशी समुदायमा राम्रो काम गर्नेको प्रशंसा गरेको कहिले पाइदैन । बरु राम्रो काम गर्नेको त्रुटी कहाँ कहाँ छन् त्यो खोजेर विरोध हुने गरेको पाइन्छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका सिचाइ मन्त्री उमेशकुमार यादवले मधेशका लागि जुन कामहरु गरे सायद मधेशवादी दलहरु पनि सत्तामा बसेर गरेका थिएन । यसअघि मधेशी दलहरु पटक पटक सरकारमा गएका हुन् तर मधेशमा प्रशंसनीय काम गरेको एउटा पनि उदाहरणहरु छैन तर माओवादीमा रहेर पनि मधेशका लागि उहाँले गरेको काम प्रशसंनीय छ ।
उहाँ कुन पार्टीको हो कुन विचारको हो त्यो कुरा एकछिनका लागि छाडेर विचार गरौं उहाँले गरेका कामहरु बारेमा ।

सिचाई मन्त्रालय अधिकाँश मधेशी मन्त्रीहरुले नै सम्हालेका छन् तर उहाँले गरेको काम अरुको भन्दा कतियौं गुणा राम्रो भएको तथ्यांकले नै देखाएको छ । उहाँ मन्त्री भएपछि सिचाईको हरेक शीर्षकमा बजेट बृद्धि भएको छ र त्यसको तथ्यांक हेर्ने हो भने सबभन्दा बढी मधेशमै देखिन्छ । सिचाईको सम्पूर्ण बजेटको ५७ प्रतिशत बजेट मधेशकै जिल्लाहरुमा गएको छ ।

कतिपय जिल्लामा विगतको भन्दा ५० प्रतिशतभन्दा बढी बजेट बृद्धि भएको गएको छ । पूर्वाञ्चलमा पहिला दुई अर्ब ५५ करोड ४ लाख ८१ हजार बजेट थियो भने अहिले चार अर्ब ३० करोड ३ लाख ४५ हजार रुपियाँ पुर्याउनु भएको छ । समग्रमा भन्ने हो भने गत आर्थिक वर्षको तुलनामा २० प्रतिशतले बजेटमा वृद्धि भएको छ । प्राय सुख्खा भइरहने मधेशका ८ जिल्ला सप्तरी, सिरहा, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा र सर्लाही जिल्लाका लागि समृद्ध तराई मधेश सिचाई विशेष कार्यक्रम ल्याउनु भएको छ । जसका लागि यस चालु आर्थिक वर्षमा दुई अर्व ३० करोड बजेट छुट्याएको छ ।

यो कार्यक्रम मधेशको विकासमा कोशेढुगां सावित हुने विश्वास पूर्व सिचाई मन्त्री उमेशकुमार यादवले गर्नुभएको छ । कार्यक्रमको कार्यालय जनकपुरमा खोल्ने वतावरण मिलाएको बताउँदै उहाँले अरु मन्त्री आउँदा के गर्नु हुन्छ त्यो थाह छैन तर तराई मधेश सिचाई विशेष कार्यक्रमको कार्यालय जनकपुरमै हुनुपर्ने आफ्नो जोड रहेको बताउनुभयो ।

त्यति मात्र होइन, मधेशवादी दलले गर्न नसकेको एउटा काम उहाँले गर्नुभएको छ त्यो हो मधेशी पत्रकारलाई प्रेस सल्लाहकारमा राख्नु । गोरखापत्रमा कार्यरत सुरेशकुमार यादवलाई उहाँले आफ्नो प्रेस सल्लाहकारमा राख्नु भएको थियो । त्यस्तै काँग्रेसको हेपाईमा रहनु भएका रमानन्द यादवलाई सिचाई विभागको महानिर्देशक बनाउनु भएको थियो भने आफ्नो मन्त्रालयको सचिवमा गजेन्द्र ठाकुरलाई ल्याउनु भएको थियो ।

त्यति मात्रै होइन रमानन्द यादवलाई नेपाल सरकारको सचिव पदमा बढुवा गराउनका लागि उहाँले ठूलै पहल गर्नुभएको थियो र अहिलेसम्मको इतिहासमा यादव यो पदमा गएको पहिलो रेकर्ड हो । त्यसैले काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..