» » नेपालमा किन हुन सकेन आर्थिक क्रान्ति ?


-दीपक चौधरी
सन् ९० को बिश्वब्यापकिरणसंगै नेपालमा पनि कार्पेट र गार्मेन्ट उद्योग खुबै फस्टाएको थियो र काठमान्डूमा यत्रतत्र गार्मेन्ट तथा कार्पेट उद्योगहरु देखिन्थे । म भर्खरै काठमान्डू छिरेको थिए र मलाई राम्ररी याद छ, कार्पेट उद्योगमा काम गर्नेमा अधिकांश काठमान्डू वरपरका बिपन्नहरु र बिशेषगरी तामाङ्ग समुदायका मानिसहरुको बाहुल्यता देखिन्थ्यो । 

गार्मेन्टमा दक्ष कामदारहरु भारतीय र बिशेषगरी बंगाली तथा बिहारीहरु हुन्थे अरु सामान्य कामदारहरु नेपाली हुन्थे । मधेशीहरुको सहभागिता यसमा धेरै थियो । धेरैले यसमा रोजगारी पाएका थिए र अर्थतन्त्रमा यसले राम्रै योगदान दिएको थियो । तर केही बर्ष मै वातावरणीय तथा अन्य कारणहरु देखाउदै यसलाई काठमान्डू बाहिर सार्ने निर्णय भयो । तर यो फस्टाउन सकेन, किनकि बाहिर अन्तराष्ट्रिय बिमानस्थल थिएन र गुणत्मकताको कुरा पनि थियो । झापामा स्थापना भएको एशिया कै ठूलो गार्मेन्ट मुमेन्टो केही बर्ष मै बन्द भयो, बिराटनगरको सूर्या पनि बन्द छ । 

तर त्यही नेपालबाट सिको गरेको बंगलादेशको गार्मेन्ट उद्योग अहिले पनि राम्रै अवस्थामा छ । आखिर नेपालमा किन यो बन्द भयो, कारण कमैले खोतलेका छन ? ९० को विश्पब्यापीकरणससंगै प्राईभेट बोर्डिङ स्कुलहरु नेपालमा खुल्ने लहर नै चल्योे । अहिले निजी स्तरबाट प्लस टु तथा कलेजहरू धेरै खुलेका छन् । यस सम्बन्धमा सस्तो र मंहगोका केही आलोचनात्मक कुराहरु भएता पनि प्राईभेट सेक्टरले नेपालको शिक्षा क्षेत्रमा उल्लेख्य भूमिका खेलेको कसैको बाट छिपेको छैन । 

केही बर्षयता मेडिकल र ईन्जिनियरिङ्ग तथा नर्सिङ्ग कलेजहरु पनि धेरै खुलेका छन तर बिबादहरु सबैका सामु छर्लङ्गै छ । त्यहीनेर बंगलादेश, पाकिस्तानको यस्ता कलेजहरु राम्रै चलेका छन, नेपाल भन्दा कत्ति गुणत्मक होला थाहा छैन । तर त्यहा नेपालको जस्तो बन्दै गरिहाल्ने बिबाद शायदै सुनिन्छन । सन् ९० पछि नेपालमा रियल स्टेट अर्थात जग्गा कारोबार पनि खुबै चल्यो । कारणहरु मध्ये एक कारण थियो ब्याड्ढहरूले सस्तो दरमा ब्याज दिनु । पछि कमसल जग्गाका कारण ब्याड्ढ डुब्ने अवस्था आयो र उसले हात झिक्यो । 

यो व्यवसाय पहिल्यैको जस्तो देखिदैन तर यसले रोजगारी क्षेत्रमा उल्लेख्य भूमिका नखेले पनि हरेक समुदायका उच्च तथा मध्ययम जातिका तल्लो मध्ययम वर्ग लाई पक्का मध्ययम वर्ग बनाउने काम गरयोे । माओवादी सशस्त्र युद्धको समयमा नेपालका राजनीतिज्ञ देखि कर्मचारीहरु यसमा लागेको देखियो । अहिले शैक्षिक कन्सल्टेन्सी तथा म्यानपावरहरूमा मानिसहरूको सहभागिता देखिन्छ तर यसको भविष्य पनि राम्रो देखिदैन । जलविद्युत क्षेत्र सबैभन्दा बढी हल्ला पिटिएको क्षेत्र हो तर प्रगति सबैका सामु छर्लङ्गै छ । नेपालमा कुनै क्षेत्र अलिक राम्रो देखियो कि सबै त्यतै लागिहाल्ने र केही समयपछि ओरालो लाग्ने प्रवृत्ति देखिन्छ । व्यवसायमा स्थिरता र दिगोपना देखिदैन ।

 उत्पादनशील क्षेत्र तर्फ मानिसहरूको विमुखता बढेको छ, जुन गम्भीर प्रश्न पनि हो । अध्ययन प्रतिवेदनहरुले दलाली प्रवृत्ति नेपालमा बढेको देखाएको छ । सुरक्षा तथा सरकारी सहुलियत तथा प्रोत्साहनको कमी आदि कारणले उत्पादनशील क्षेत्रमा मानिसहरुको लगाव कम भएको मानिन्छ । सरकारी नीति र व्यावहारिक पक्षहरू दिगोपनाका सन्दर्भमा महत्वपूर्ण मानिन्छन । आखिर किन यसो भएको होला, गतिशील र दीगो बन्न सकेन ? यो गम्भीर प्रश्न छ । किन नेपालमा आर्थिक क्रान्ति हुन सकेन ? सम्भवत यो प्रश्नले जनमानसमा छोएकै छैन । जर्मन दार्शनिक म्याक्स वेवरले भने जस्तै यहाँको संस्कृति तथा धर्मले पूँजीवादलाई अंगाल्न नसकेकै कारणले हो त ?­ (स्रोत ः मेरो ’रुपान्तरण’ पुस्तकबाट, रुपान्तरित हुने क्रममा रहेको)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..