» » कुन बाजे पसलको कुन सद्भावना पार्टी ?



स्व.गजेन्द्रनारायण सिहले स्थापना गर्नुभएको नेपाल सद्भावना पार्टी आफूलाई मधेशको सबभन्दा पूरानो पार्टीको दावी गरीरहेका छन् । अहिले आएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता नेपाल सद्भावना पार्टी नै ल्याएको दावी ती दलका नेताहरुको दावी छ ।

 तर, सद्भावना पार्टी सप्तरीको बरमझियाको पेडाको पसल भएको टिप्पणी भएको छ । एउटै पेडा पसललाई उही पुरानो बुढो बाजेको पेडा पसल, बाजेको पेडा पसल, असली बाजेको पेडा पसलबाट पेडा बिक्रि गरे जस्तै एउटै उद्देश्य, एउटै सिद्धान्त बोकेका नेपाल सद्भावना पार्टी पनि विभिन्न नामबाट सञ्चालित छन् ।

तिनै सद्भावना पार्टीहरुमध्येका एक नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले सद्भावना पार्टीहरुलाई बरमझियाको पेडाको रुपमा टिप्पणी गरेको छ । राजविराजमा हालै आफ्नो पार्टीको पहिलो
महाधिवेशन सम्पन्न गर्नुभएको अध्यक्ष तिवारीले असार २९ गते आफ्नो फेसबुकमा यस्तो लेख्नुभएको छ–‘सप्तरी के बरमझिया में पेड़ा की दुकानें हैं । यहाँ की सभी दुकानों में एक एकरूपता देखने को मिलता है । सभी दुकानों में लिखा हुआ रहता है । बुढो बाजेको असली पुरानो पसल यही हो । आज मधेशी दलों का हाल ऐसा ही है । खासकर सद्भावना का हाल तो और भी विचित्र है । सब कोई कहता है यही दुकान अर्थात मेरी ही दुकान असली है । मैं कहता हूँ कौन असली और कौन नकली इसका जबाब इतिहास देगी ।’

उहाँले नेपाल सद्भावना पार्टीका अध्यक्ष अनि झा र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई एकीकरण गर्नका लागि सुझाव पनि दिनुभएको छ । सुझाव मात्र होइन, एकीकरण गर्नुपर्ने चार कारण पनि सुझाउनु भएको छ ।

 उहाँले दुवै पार्टीका दुवै अध्यक्ष पूर्व मन्त्री हुनुहुन्छ, दुवैजना अध्यक्षले आआफ्ना श्रीमतीलाई समानुपातिकमा सभासद् बनाउनु भएको छ, अवसर प्राप्त भयो भने दुवैजना सरकारमा जान सक्नु हुन्छ र दुवै दल मधेशमा दुईटा प्रदेश चाहेका छन् भनि कारणले यी दुई दल एक भए राम्रो भनि सुझाव दिनु भएको छ ।
गजेन्द्रनारायण सिहको समयदेखि नेपाल सद्भावना पार्टीको कार्यालय सचिवमा काम गर्नुभएका विकास तिवारी लक्ष्मणलाल कर्ण, श्यामसुन्दर गुप्ता हुँदै सरिता गिरीको नेपाल सद्भावना पार्टीसम्म पुग्नु भएको हो ।

उहाँ श्यामसुन्दर गुप्ता मन्त्री भएको बेला स्वीकीय सचिवको पदमा रहेर काम पनि गर्नुभएको छ । पछि सरिता गिरी नेपाल सद्भावना पार्टीको एक समूहको नेतृत्व गर्न थालेपछि त्यसको महसचिव बन्नुभएको थियो । तर, सरिता गिरीको साथमा धेरै दिन टिक्न सक्नुभएन । गजेन्द्रनारायण सिहको नाम जोडेर नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) नामको पार्टी खोलेर त्यसको अध्यक्ष बन्नुभएको थियो र अहिलेको महाधिवेशनबाट उहाँ नै
अध्यक्ष बन्नुभएको छ ।

उहाँले आफ्नो दललाई अरु दलभन्दा फरक हो भनि दावी गर्नुहुन्छ । नेपाल सद्भावना पार्टीकै नामबाट रहेका अन्य दलहरु एक मधेश एक प्रदेश छाडेपनि आफूले नछाडेको दावी गर्नुहुन्छ भने अन्य दल काठमाडौ केन्द्रीत आन्दोलन गरिरहेका भने आफू मधेशमै रहेर आन्दोलन गरिरहेको दावी उहाँको छ ।

यद्यपी गजेन्द्रनारायण सिहले गठन गरेको नेपाल सद्भावना पार्टी अझै पनि चार समूहमा रहेका छन् । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी, श्यामसुन्दर गुप्ता अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी (गुप्ता समूह) र विकास तिवारी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) रहेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..