» » पानीको भाँडोमा डुवेर एक बालकको मृत्यू


रौतहट, साउन १ गते । रौतहटको लक्ष्मिनिया गाविसमा पानीको भाँडोमा डुबेर आज एकजना बालकको मृत्यु भएको छ ।

लक्ष्मिनियास्थित आफनो मामाघर आएका गम्हरिया गाविस–२ का जहुर मियाका डेढ वर्षीय छोरा बाबुदिन मियाको भाँडोमा रहेको पानीमा डुबेर मृत्यु भएको हो ।

लक्ष्मिनिया–५ का मामा जौहार मियाको घरमा मिठाइ बनाउनका लागि राखिएको भाँडामा डुबेर उक्त बालकको मृत्यु भएको हो । वर्षाको पानीले भरिएको भाँडोमा खेल्ने क्रममा आज बिहान ९ः३० बजे बालक मियाको डुबेर मृत्यु भएको छ ।

खेल्दाखेल्दै भाँडोमा पसेर अचेत भएका बालकको उपचारका लागि लगिरहेको अवस्थामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..