» » ‘सरकारमा अरु कोही गएपनि सद्भावना पार्टी र लक्ष्मणलाल कर्ण जाँदैन’


काठमाडौं, साउन १० गते । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस–माओवादी गठबन्धनले आन्दोलनरत संघीय गठबन्धनले उठाएका मागहरु पूरा पर्ने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म अब बन्ने प्रचण्डको नेतृत्व सरकारलाई समर्थन नगर्ने  बताउनु भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भन्नुभयो, ‘हामीले अघि सारेका मागहरु सम्बोधन गर्ने लिखित प्रतिबद्धता नआएसम्म नयाँ प्रधानमन्त्री चयन गर्दा भोट पनि हाल्दैनौं ।’

उहाँले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनले आफूहरुले उठाएका जायज मागवारे अहिलेसम्म वचनवद्धतामात्रै व्यक्त भएकाले वेट एण्ड सि को अवस्थामा मधेशी मोर्चा रहेको बताउनुभयो र कर्णले काँग्रेस र माओवादी पनि दुधले धोएका पार्टी नभएको टिप्पणी गर्दै भन्नुभयो, ‘काँग्रेस र माओवादी केन्द्रले प्रायश्चित गरेर आएका छन्, अब हाम्रा मागहरु पूरा गर्नमा गम्भिर बन्नुभयो भने हामी सहयोग गर्छौं, तर यसपटक हामी निशर्तः सहयोग गर्ने पक्षमा छैनौं, हामीसँग लिखित सहमति हुनुपर्छ, सरकारमा जाने कुरा त परै जाओस, अहिले हामी लिखित प्रतिबद्धता नआएसम्म प्रचण्डलाई प्रधानमन्त्री बनाउन भोट पनि हाल्दैनौं ।’

आफूहरु अहिले मिसनमा भएकाले सरकारमा जाने कुरा त्यति महत्वपूर्ण नभएको तर्क गर्दै अब बन्ने नयाँ सरकारले मोर्चाले अघि सारेका महत्वपूर्ण चार बुँदे आन्दोलनमा घाईते भएकाहरुलाई औषधी उपचार गर्ने, मुद्दा फिर्ता लिने, बन्दीहरुलाई तत्काल रिहाई गर्ने, सहिद घोषणा गर्ने र निष्पक्ष न्यायिक छानविन आयोग गठन गर्ने लगायतका मागहरु पूरा गर्ने लिखित क्यालेण्डर काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दहालबाट हस्ताक्षर आएमात्रै अब बन्ने सरकारलाई समर्थन गर्ने स्पष्ट पार्नुभयो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आईतबार राजिनामा दिएको उलपक्ष्यमा मधेशमा दिपावली भएको समेत कर्णले बताउनुभयो । उहाँले सरकारको विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश भएसँगै मधेशी जनतामा खुशी छाएको थियो, तर हिजो ओलीको राजिनामा आएपछि त मधेशी जनताहरुले दिपावली गरेको बताउनुभयो ।

ओलीको राजिनामासँगै सिगाें मधेशले अब देशको अवस्था सुध्रिने विश्वास लिएको धारणा उहाँले राख्नुभयो ।

उहाँले ओलीले मधेशी, आदिवासी र महिलाहरुलाई सम्मान गर्नुको सट्टा होच्याएकाले उहाँको भन्दापनि उहाँको प्रवृतिको आफूहरुले विरोध गरेको दाबी पनि गर्नुभयो ।

काँग्रेस र माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन मार्फत माग पूरा गर्ने लिखित प्रतिबद्धता जाहेर गर्नुपर्ने उहाँको जिकिर थियो । उहाँले यो प्रबितद्धता नआएसम्म मधेशी मोर्चा सरकारमा जाने बारेमा सोच्न पनि नसक्ने बताउँदै अरु गएपनि सद्भावना पार्टी र लक्ष्मणलाल कर्ण कुनै पनि हालतमा नजाने प्रतिवद्धता जनाउनुभयो ।’

मधेशी मोर्चाले काँग्रेस र माओवादीको ऋण नखाएको कारण सरकारमा जानैपर्छ भन्ने नभएको उहाँको भनाई थियो । ‘हामीले कसैको कर्जा खाएका छैनौं, उहाँले भन्नुभयो ।’

संसदमा सरकारले प्रस्तुत गरेका तीनवटै आश्रित विधेयक फेल भएपछि नै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, ‘विधेयक फेल भएपछि ओलीजीले राजिनामा दिनुपर्दथ्यो, संसद आँफैमा सार्वभौमसम्पन्न हो ।’

मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउ सिफारिश गरेर आफ्नो लाज छोप्ने काम गरेको उहाँले टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले अब बन्ने सरकार सहमतीय सरकार बन्ने नसक्ने दाबी गर्दै भन्नुभयो, ‘बलियो प्रतिपक्षी विनाको संसदमा लोकतन्त्र कमजोर हुन्छ ।’

सुचना तथा सञ्चारमन्त्री समेत रहनु भएका एमाले नेता शेरधन राईले अब बन्ने सरकारमा एमाले सरकारमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पार्दै भन्नुभयो, ‘अब एमाले सशक्त रुपमा रचनात्मक र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’

मधेशी मोर्चाले संविधानका दफामा टेकेर भएको बहसमा भाग लिईसकेको बताउँदै उहाँले भन्नुभयोे, ‘मोर्चाले पनि संविधान मूल रुपमा स्वीकारिसकेको छ ।,

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ्ले सरकारले बाधा अड्काउ फुकाउको प्रस्ताव सिफारिश गरेर सिँगो संसदको अवमूल्यन गरेको आरोप लगाउनुभयो ।

उहाँले मधेशी मोर्चाले उठाएका मागहरु जाजय भएको उल्लेख गर्दै सम्वाद र सहमतिबाट सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..