» » ९२ जना मुसहर समुदायका विद्यार्थी सम्मानित


काठमाडौ असार २० गते । २०७२ सालको एसएलसीमा उत्तीर्ण देश भरीका ९२ मुसहर विधार्थीहरुलाई पूर्व राष्ट्रपति डा. राम वरण यादवले जनकपुरमा सम्मान गर्नु भएको छ ।

भोरद्धारा संयोजित शक्तिहिनको सशक्तिकरण ः मुसहर समुदायको समग्र उत्थान अभियान अन्तरर्गत भोरले देश भरीबाट मुसहर समुदायबाट २०७२ सालको एसएलसी उत्तीर्ण विधार्थीहरुलाई सम्मान र उहाँहरुको उच्च शिक्षा अध्ययन गर्न सहयोग घोषणा कार्यक्रममा उक्त सम्मान गरिएको हो ।

नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको सभापतित्व, पूर्वराष्ट्रपति डा.रामवरण यादवको प्रमुख अतिथ्य, शिक्षाविद् भोगेन्द्र झा तथा राम भारोष कापडीको आतिथ्यमा सो कार्यक्रम असार १८ गते संचालन भएको थियो । यस कार्यक्रममा झापादेखि नवलपरासीसम्मका तीनसय भन्दा बढी मुसहर विद्यार्थीहरु तथा अभिभावकहरु सहित विभिन्न क्षेत्रका समाजसेवी तथा सरोकारवालाहरुको सहभागितामा सो कार्यक्रम सञ्चालन भएको थियो ।

पुस्तौंदेखिको चरम गरिबी र अहिलेको एकाइसौं सताब्दीमा पनि तीन प्रतिशतको हाराहारीमा मात्र शिक्षित रहेको मुसहर समुदायको समग्र उत्थानका लागि र उनीहरुलाई शिक्षा हासिल गर्न प्रोत्साहन मिलोस भने अभिप्रायले भोरले यस्तो सम्मान कार्यक्रम २०६९ साल देखि नै गर्दै आई रहेको छ ।

देशभरीबाट २०७२ सालको एसएलसी उत्तीर्ण ९२ जना मुसहर विधार्थीहरुलाई प्रोत्साहन पत्र, गमछा, माला र अबीर लगाएर सम्मान गरिएको थियो । सम्मान गर्ने कार्यक्रममा नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदा, शिक्षा विद् डा. भोगेन्द्र झा, राम भरोस कापडी, भोरका तर्फबाट डा. सिके सिंह, मिथिलेश गुप्ता, स्वेता मिश्र, नागेन्द्र साह लगायत पनि सहभागी हुनु भएको थियो ।

भोरले उक्त सम्मान कार्यक्रम वर्ष २०६९ मा पहिलो पटक गर्दा कुल ३ जना मुसहर विद्यार्थीहरुमात्र एसएलसी पास भई सम्मानीत भएको थियो । त्यस पश्चात दोश्रो वर्षको सम्मानमा सात जना, तेश्रो वर्षमा नौ जना एसएलसी पास मुसहर विद्यार्थीहरु सम्मानीत भएका थिए ।

विगतका वर्षहरुमा सम्मानीत भएका मुसहर विद्यार्थीहरु भोरद्धारा संयोजित छात्रवृतीको सहयोगले हाल उच्च शिक्षा हासिल गरिरहेका छन् ।

शिक्षाको उज्यालोबाट पुस्तौदेखि बञ्चित मुसहर समुदायलाई अगामी पाँच वर्षभित्र पूर्ण शिक्षित पार्न र सम्पूर्ण बालबालिकाहरु र युवाहरुलाई विद्यालय र कलेजमा अध्ययन गराउन सहयोग गर्न भोरले ५१ हजार आफनो तर्फबाट योगदान गरी दीनाभद्री छात्रवृती कोषको स्थापना गरेको घोषणा भोरको अध्यक्ष राज कुमार महतोले गर्नुभयो । सो दीनाभद्री छात्रवृती कोषको शुभारम्भ गर्दै पूर्वराष्ट्रपति यादवले यस कोषमा सम्पूर्ण देशवासीलाई योगदान गरी पुस्तौदेखि पछाडी परेको समुदायको उत्थानमा योगदान गर्न अनुरोध गर्नु भयो ।

शिक्षाविद् भोगेन्द्र झाले पनि भोरले शुरु गरेको दीनाभद्री छात्रवृती कोष जस्तो पावन र परोपकारी प्रयासमा सम्पूर्ण जन समुदाय र सरोकारवालाहरुलाई सहभागी हुन अनुरोध गर्नुभयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..