» » प्रचण्डको काँधमा देउवाको बन्दुक

रामकुमार शर्मा

काठमाडौ साउन १० गते । नयाँ शक्ति नेपालका नेता रामकुमार शर्माले नेकपा -माओवादी_ केन्द्रका नेतृत्वमा सरकार बन्नु मधेशीको हकमा कागलाई बेल पाक्यो, हर्ष न विष्मात जस्तो भएको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, देउवा, ओली, प्रचण्ड समिकरण पुरानै हो । मात्रै ओलीको बहिरगमन भएको छ । फरक यतिमात्रै हो कुनै समय प्रचण्डको काँधमा बन्दुक राखेर ओलीले पडकाए आज देउवाले गर्दैछ ।’

उहाँहरुको गठबन्धनको मुख्य सार नै भारतलाई धम्क्याउने र मधेशीलाई अधिकार बिहीन संविधान जारी गर्ने रहेको उल्लेख गर्दै उहाँले भारत सरकार र त्यहाँका पार्टिहरु आफ्नो देशभक्तिप्रति एकढिक्का भएका कारण भारत सामु यिनिहरुको नीती पुनः मुस्को भवः भएको टिप्पणी गर्नुभयो । 

मधेशी पार्टीहरु आफ्नो मुद्दाप्रति इमान्दार नभएको कारण र भारतले नै सबैथोक दिलाई दिन्छन् भन्ने अन्धविश्वासको कारण मधेश आन्दोलनको बंन्ध्याकरण हुने उहाँले दावी गर्नुभयो  । अब यिनीहरु (मधेशी) जनतामा होईन सरकारमा जान प्रभुको सामुन्ने आत्मसम्र्पन गर्ने सम्भावना प्रबल रहेको पनि टिप्पणी गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..