» » प्रभु साहले भन्नुभयो, केपी ओलीको अंहकार आज पुष्टि भएको छ


काठमाडौ साउन ८ गते । नेकपा (माओवादी) केन्द्रका नेता प्रभु साहले देश अन्योल र सम्प्रदायिकता तिर जानु व्यक्तिवाद र हठकै कारण रहेको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हठ र अंहकार देखाएको कुरा सोही दलका नेता वामदेव गौतम र माधव कुमार नेपालको भाषणबाट प्रष्ट भएको उहाँले बताउनु भयो । माधव कुमार नेपाल र वामदेव गौतमकै प्रयासमा एकपटक प्रयास भएको थियो, तर त्यो सफल भएन, उहाँले भन्नुभयो, देशमा विश्वासको खडेरी छ, लिखित सहमति कार्यान्वयन भइरहेको छैन भने मौखिक सहमति कसरी कार्यान्वयन हुन्छ ।

नेपाली नेता अहिले निराश छ किनभने हामीले विश्वासनियता कामय गर्न सकिरहेका छैनौ, उहाँले संसदमा आज बोल्दै भन्नुभयो, केपी ओलीलाई समर्थन गर्नु भनेको देशको अवस्था भाँडभैलो हुने कुरा भनेका थियौं तर पार्टीले निर्णय गर्यौं हामी स्वीकार गरियौं । आज पार्टी फेरि त्यही ठाउँमा फर्केर आएको छ त्यसमा मलाई खुशी लागेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..