» » पूर्वराष्ट्रपति यादवले भन्नुभयो, मिथिला सभ्याता नाजुक



जनकपुर, १९ गते असार । पूर्वराष्ट्रपति डा रामवरण यादवले जुन देशको राजनीतिक अवस्थामा सुधार आउँदैन, त्यस देशको शिक्षा, आर्थिक अवस्था तथा सामाजिक तथा राजनीतिक अवस्थामा सुधार हुन नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

भोरनामक संस्थाद्वारा हिजो जनकपुरमा मुसहर समुदायका विद्यार्थीका लागि आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “सरकारले समुदायिक विद्यालयको शिक्षाको स्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

मानव सभ्यतालाई बचाउन, वन जङ्गलको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति यादवले राज्य आफ्नो कर्तव्यबाट पन्छिदै गएकाले वन जङ्गलको विनाश बढ्दै गएको बताउनुभयो ।

उहाँले वन जङ्गलको विनाशले ६२ प्रतिशत जनसङ्ख्या प्रभावित भएका छन् भने ३६ प्रतिशत भूमि मासिँदै गएकाले यही अवस्था रहेमा ३० वर्षभित्र तराईका उर्वराभूमि मरुभूमिमा परिणत हुने बताउनुभयो ।

देशमा राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन हुन नसकेकाले गरिब तथा दलित विद्यार्थी शिक्षाको पहुँचबाट बञ्चित भएको बताउँदै पूर्वराष्ट्रपति यादवले सबैले शिक्षा पाउनुपर्ने वातावरण सरकारले बनाउनुपर्दछ भन्ने जोड दिनुभयो ।

उहाँले मिथिलाको सभ्यता सबभन्दा पुरानो भए पनि सामाजिक संरक्षणको कारण यस्तो अवस्था दिनदिनै नाजुक हुँदै गएकाले यसको परिवर्तनका लागि शिक्षा आवश्यक रहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय मुसहर सङ्घका नेता चन्देश्वर सादाको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतिविद् रामभरोस कापडीले शिक्षाको महत्वका बारेमा बोल्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..