» » रिले अनसनको अन्तिम दिन कार्यक्रम विथोल्ने प्रयास


काठमाडौ असार ३१ गते । संघीय गठबन्धनको रिले अनसन कार्यक्रममा आज एक समूहले ढुगां मुढा गरी नारा लगाउको छ ।

आज समापनको दिन बेलुवा पाँच बजेतिर एउटा समूह आएर ओली जिन्दावादको नारा लगाउँदै अनसनमाथि ढुगांमुढा गर्न थालेपछि आन्दोलनकारीले लखेटेका थिए । आन्दोलनकारी तर्फबाट पनि ढुगांमुढा हुन थालेपछि ती समुह भागेका थिए ।

सद्भावना पार्टीका नेता उपेन्द्र महतोले भन्नुभयो, केपी शर्मा अ‍ोलीका गुण्डाहरु आएर ढुगां मुढा गरेका थिए । सरकार ढल्न थालेपछि त्यसको पीडा सहन नसकि आन्दोलनलाई विथोल्न गुण्डा परिचालन गरेको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भन्नुभयो, आज ठूले दुर्घटना हुनबाट जोग्यो ।

तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले आफ्नो फेसबुकमा लेख्नुभएको छ, मर्नेबेला कुनैपनि जीव छट्पटाई रहेको हुन्छ र कुनै सिप नलाग्दा नजिकैको माटो उखेल्ने गर्दछ । जुन हामी सबैले हेरेकै होला । त्यस्तै आज केपी ओलीको सरकारको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भईसकेपछि सरकार जोगाउन देश विदेश दुनिया गुहार गरीयो, कतिलाई लोभ दिईयो कतिसँग वाचा गरीयो तर अन्त्य कुनै सिप नलागेपछि अब यो सरकार जानेनै भो ठम्याईसकेपछि आज रिले अनसनको अन्तिम दिन अन्तिम समयमा केही गुण्डाहरू पठाई अनशन बिथोल्न प्रयास गरीयो तर आन्दोलनकारी पनि के कम ईट्टा को जबाफ पत्थरले दिएर सबै गुण्डालाई लखेटियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..