» » ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु


सुनसरी, साउन १३ गते । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना ३ ख ३९२२ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री इटहरी–१० खनारका बब्लु साहको मृत्यु भएको छ ।

उनको आज बिहान ६ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

साइकलयात्री साहलाई ठक्कर दिने ट्रक र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार प्रहरी चौकी खनारले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..