» » नेपाल सरकारको निर्णय कार्यान्वयन गर्ने सहसचिवलाई जेलको बास


-रामआधार साह
सहसचिव
गत २०७२ साल मङिसर ६ गते काठमाडौं उपत्यकाका पेट्रोलपम्पहरुको अनुगमनको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका चारजना व्यापारी र पाँचजना मिस्त्रीमध्येका एकजना मिस्त्री मुख्तर साह फकिरको २०७२ मङिसर २५ को ततिम्बा बयानमा मेरो नाउँ पोृल्न लगाई २०७२ मङिसर २७ गते महाशाखाबाट खटिएका सादा पोशाकका प्रहरीहरुले मलाई बिना पक्राउ पूर्जी पक्राउ गरी ललितपुरमा थुनी अनुसन्धान एवं मुद्दा प्रक्रिया थाले ।

जाहेरीवाला उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ तथा प्रहरीको अभियोग थियो कि म २०६९ बैशाख देखि २०७० चैत्र सम्म नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक हुँदा व्यापारीहरुको मिलोमतोमा नेपालमा डिजिटल प्रणालीको पेट्रोलपम्प भित्र्याए जुन डिजिटल सिस्टम रिमोट आदि विकृतिहरुका लागि उपयुक्त रहेको भनी पछिल्लो घटना एवं अनुसन्धानमा देखिएको छ ।

उक्त डिजिटल सिस्टमा कसले र कसरी नेपालमा नेपालमा भित्र्याए एवं जडान गर्न लगाए भन्ने कुरा यसैसाथ संलग्न अदालतको आदेश र नेपाल आयल निगमको पत्रबाट प्रष्ट हुन्छ ।

डिजिटल सिस्टम विज्ञान तथा प्रविधि विकासको उत्कृष्ट प्रतिफल हो । जसको प्रयोग संसारभरि नै सफलतापूर्वक भइरहेको छ । र, यो सर्वस्वीकार्य रहँदैआएको छ । उक्त डिजिटल सिस्टमलाई नियन्त्रण गर्ने (सिल गर्ने, जाँच गर्ने, अनुगमन गर्ने कर्मचारी सङ्घ संस्था) व्यक्तिहरु बेइमान भने दुनियाँका कुनै पनि प्रविधि सफल हुन सक्दैन ।

उपत्यकामा एक दिन मात्रै १९ ओटा पेट्रोलपम्पहरुको अनुगमन हुनु र १९ ओटै पम्पमा कैफियत देखिँदा पनि अन्यत्र अनुगमन नहुनु तथा प्रविधि भित्र्याएको भन्दै घटनाको दुई वर्ष अगाडि नै सरुवा भइसकेर अर्को मन्त्रालयमा पुगिसकेको मलाई सो घटनामा ताकेर जेल पठाइनु तर उक्त प्रविधिको नियन्त्रण, निर्देशन, सील, जाँच, अनुगमन आदिको जिम्मेवारी पाएको नेपाल गुणस्तर तथा नापतौल विभागका कर्मचारीहरुलाई अनुसन्धानको दायरामा नल्याउनु आदि आश्चर्यको विषय भएको व्योहोरा अनुरोध गर्दछु ।

एउटा सहसचिवजस्तो जिम्मेवार अधिकारीलाई घटनासँग कुनै पनि किसिमको सम्बन्ध नभए पनि चार वर्ष अगाडिको निर्णयलाई लिएर बिना कुनै प्रमाण र आधारमा पक्राउ पूर्जी नदिइकनै पक्राउ गर्नु, पदीय दुरुपयोग गरेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी मुद्दा चलाउनुपर्नेमा प्रहरीले ठगी तथा कालोबजारीमा मुद्दा चलाउनु आफैँमा दूर्भाग्पूर्ण, आपत्तिजनक र असुहाउँदो छ ।

राष्ट्रसेवक कर्मचारीविरुद्ध मुद्दा दर्ता गर्नुपूर्व निजामती सेवा नियमावलीअनुसार अख्तियारवालाको मञ्जूरी लिनुपर्ने प्रावधानलाई बेबास्ता गर्दै अञ्चलाधीशको शैलीमा मुद्दा चलाइयो ।

यी सम्पूर्ण कुराहरुको आलोकमा सम्मानित जिल्ला अदालत ललितपुरले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको जानकारी गराउँदछु । तर बिना आधारप्रमाण बेरीतपूर्वक मजस्तो बेकसुर व्यक्तिलाई दुराग्रहको भरमा पक्राउ गरेर मुद्दा चलाउँदा मैले र मेरा आफन्तहरुले भोग्नुपरेको पीडा तथा सास्तीलाई अपुरणीय क्षतिको रुपमा लिँदै यससँग जोडिएका सम्पूर्ण जानकारीहरु दिन यो पत्रकार सम्मेलन गरेको निवेदनसमेत गर्दछु । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..