» » तमलोपा आफ्नो अडानबाट ब्याक, आजदेखि अनसनमा सहभागि (साथमा फोटो फिचर पनि)


काठमाडौ असार २० गते । उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धनले सहिद मञ्चमा गरिरहेको रिले अनसनमा आजदेखि तराई मधेश लोकतान्त्रिक पार्टी पनि सहभागि भएको छ ।
जेठ २५ गतेदेखि शुरु भएको रिले अनसनमा तमलोपा अनुपस्थित हुँदै आएको थियो ।

आफूहरुको महाधिवेशन हुँदैछ भनेर रिले अनसनमा कसैलाई नपठाए पनि खासमा उपेन्द्र यादव गठबन्धनको संयोजक भएको भन्दै अध्यक्ष ठाकुरले असन्तुष्टि जनाउँदै आएका कारणले अनसनमा अनुपस्थित थिए । अनसनको अन्त्यतिर अर्थात आज २८ औं दिनमा आएर तमलोपा सहभागि भएका छन् ।

असनमा सहभागि तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सुरेश मण्डलसँग जिज्ञासा राख्दा उहाँले सहभागि नहुनुको अरु कुनै कारण थिएन, एक मात्र कारण थियो महाधिवेशन, महाधिवेशन सकिएको छ आफूहरु अनसनमा सहभागि भएको दावी गर्नुभयो ।

तर, नेता सुरेश मण्डलले नै आफ्नो फेसबुकमा यस्तो लेख्नु भएको थियो छ, ुमधेस आन्दोलन मधेसी मोर्चाले गरेको हो । शहीद मधेसी जनता भएको हो । मधेसी मोर्चा बाहेक कुनै पनि गठबंधनलाई मधेसी जनताले चिन्दैन । मधेसी जनताको भाग्य लेख्ने जिम्मा गैरमधेसी गठबंधनलाई दिन सकिदैन । मधेसी मोर्चा आफैंमा महागठबंधन हो । मधेसी मोर्चाको हैसियतमा आउन कुनै पनि गठबंधनलाई दश वर्षको निरन्तर संघर्ष र ज्ञण्ढ जनाको बलिदानीपूर्ण यात्रा तय गर्नुपर्नेहुन्छ । त्यसकारण मोर्चाको अस्तित्वसँग खेलवाड गर्ने धृष्टता कसैले नगरौ । मोर्चा मधेस र मधेसीको परिचायक हो । यसमै सम्पूर्ण मधेसीको कल्याण छ ।’

सुरेश मण्डलले मात्र होइन, तमलोपाका अन्य नेताहरु गठबन्धनको टिका टिप्पणीमा आफ्नो समय खर्चिरहेका हुन्थे । मोर्चालाई नै प्राथमिकतामा राखेर आन्दोलन गर्नुपर्ने, मोर्चाले नै सरकारसँग वार्ता गर्नुपर्ने टिप्पणीहरु सञ्चारमाध्यममा आइरहेको थियो तर अनसनको अन्त्यमा आएर यसरी सहभागि हुनुलाई बडो अर्थपूर्ण रुपमा लिएको छ ।


आजको अनसनमा तमलोपाको तर्फबाट सुरेश कुमार मण्डल, डा। सुरेन्द्र कुमार झा, राकेश कुमार झा, चन्दा चौधरी, रीता ठाकुर र अन्जु गुप्ता रहनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..