» » उपेन्द्रले भन्नुभयो, संघीयता र गणतन्त्रलाई बाख्राका टाउकोमा भैसीका सिङ भन्ने उखान टुक्काले राष्ट्रको हित गर्दैन


काठमाडौं साउन ९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीको आज अन्तिम दिन भएको भन्दै पदमुक्त हुनुभन्दा अघि नै राजीनामा दिँदा राम्रो हुने सुझाव दिनु भएको छ ।

ओली सरकारलाई दिएको समर्थन अन्तिम समयमा केही पार्टीले फिर्ता लिएको प्रति संकेत गर्दै संसदमा यादवले भन्नुभयो, ‘सरकारको आज अन्तिम दिन हो । मुसाहरु भागिसकेका छन् । अव ओलीले राजीनामा दिँदा राम्रो हुन्छ । उहाँको भलाईका लागि यो कुरा भनिरहेको छु ।’

उहाँले थप्नुभयो– सरकारको जहाज डुब्न थाल्यो । गठबन्धनमा रहेकाले प्वाल पारे । आफ्नै पार्टीका नेताले प्वाल पार्ने काम भयो । मुसाहरु हाम फाल्न थालेका छन् । मुसा भनेको यस्तै हुन्छ । मुसाहरुको फौज तयार गरेर नयाँ सरकारले पनि केही गर्नेवाला छैन । यसमा सर्तक रहनु होला ।’

उहाँले संविधान बनाउँदा केही व्यक्तिहरुले जबरजस्ती गरेकाले आफूहरुले आन्दोलन गर्नु परेको बताउनुभयो ।

उहाँले ओली सरकार संकटमा परेको र अब नयाँ सरकारको खेल सुरु भइरहेको प्रति व्यंग्य गर्दै भन्नुभयो, सेता कुर्सी भरिएको दखेर खुसी मनाउछौँ ।

आज मन्त्रीका कुर्सी खाली भए । अब कसले खुसी मनाउने हो ।

यादवले आफूहरु संसदमा नश्लवादी संविधान स्वीकार्न आएको होइन, भन्नु हुँदै सविधान स्वीकार गरे भनरे केहिले खुसी मनाएपछि त्यो गलत भएको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारको नाकाबन्दी खोलेको भनेर उपलब्धी भनेपनि सरकारले साम्प्रदायिकता भड्काउने काम मात्रै गरेको आरोप लगाउनु भयो ।

‘मधेशमा कफ्र्यु लगाउँदा त्यहाँका जनताले दशगजा क्षेत्रमा गएर प्रर्दशन गरेका थिए । सरकारले राष्ट्रिय एकता खलबलाउने र साम्रदायिक दंगा चलाउने काम गरेको थियो । साम्रदायिक दंगाबाट बचाउन हामीले नाकाबाट हामी काठमाडौं आएका हौँ । यो पनि सफलता हो । यस्तो हास्यपद कुरा गर्ने ? किन जोकर बन्ने काम गर्ने ?’ उहाँले भन्नुभयो ।

उहाँले आफूबिना संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै मधेसीको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

‘सीमान्तकृत समुदायका अधिकार संविधानले सुनिश्चत नगरेपछि हामी आन्दोलनमा गयौँ । राज्यले निहथ्था जनता, बच्चादेखि बृद्धसम्मको हत्या गर्यो । यो दमन मात्र थिएन । एक खालको नरसंहार थियो’, उहाँले भन्नुभयो, ‘मानवतावादी कानुन र मानवअधिकारको उल्घनन भएको छ । नरसंहारका लागि अन्तराष्ट्रिय अदालतमा उभ्याउनुपर्छ ।’

उहाँले अहिलेको अर्थतन्त्र तस्करले चलाएको भन्दै सोहि कारण व्यपार घाटा ६ खर्ब भन्दा धेरै भएको र आर्थिक रुपले मुलुकलाई टाट पल्टाउन खोजिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै उहाँले संघीयता र गणतन्त्रलाई बाख्राका टाउकोमा भैसीका सिङ भन्ने उखान टुक्काले राष्ट्रको हित नहुने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..