» » सरकारको बारेमा धारणा बनाउन मधेशी मोर्चा बस्दै


काठमाडौ साउन १४ गते । नयाँ सत्ता समिकरणलाई कसरी सहयोग गर्ने या नगर्ने विषयमा टुर्गो लगाउन आज ४ बजे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दैछ ।

बैठकको बारेमा जानकारी लिन मधेशी मोर्चाका एकघटक तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवलाई सम्पर्क गरेका थियौं, उहाँले मोर्चाको बैठक चार बस्ने कुरा मात्र आफूलाई थाह भएको, कुन एजेण्डामा छलफल हुन्छ त्यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिनुभयो ।

तर मोर्चाका एक नेताले आफ्नो नाम नलेख्न भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न सहयोग गरेका मधेशी मोर्चाले अब आउने दिनमा के गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताउनु भयो । असार १२ गते बसेको संघीय गठबन्धनको बैठकले आफूले प्रस्तुत गरेको २६ बुँदे माग पुरा नभएसम्म सरकारमा नजाने निर्णय नै गरेको थियो ।

गठबन्धनले देशका विभिन्न १० ठाउँमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने घोषणा गरिसकेको छ । साउन ५ गते काठमाडौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..