» » सविधान अस्वीकार गर्ने मधेशी मोर्चा आज विधेयकको छलफलमा सहभागि

काठमाडौ साउन ७ गते । पूर्वसभामुख सुभाष नेम्वागंले सविधान अस्विकार गरेका दलहरु (मधेशी मोर्चा) पनि आर्थिक बजेट विधेयकमा सहभागि भएको कुरामा आफूलाई खुशी लागेको बताउनुभयो ।

संसदमा आज बोल्नु हुँदै उहाँले सविधानसभाबाट निर्माण भएको सविधान सबै दलले स्वीकार गरेकोमा खुशी लागेको छ र यसमा जनताको जीत भएको पनि टिप्पणी गर्नुभयो ।

उहाँहरुले प्रत्येक बैठकमा कुरा राखेको पनि उहाँले स्मरण गराउनु भयो । संसदहरुको विभिन्न समितिमा उहाँहरुले भाग लिनु भएको बताउँदै नेम्वागंले असोज ३ गते जस्तो खुशी लागेको थियो आज त्यस्तै खुशी लागेको पनि बताउनुभयो ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..