» » अमरेश सिह चित्रबहादुर केसीको लाइनमा


काठमाडौ असार २९ गते । नेपाली काँग्रेसका नेता डा.अमरेशकुमार सिहले आज साँझ बीबीसीमा अन्तरवार्ता दिएपछि मधेशमा उहाँको आलोचना शुरु भएको छ ।

संघीयताको विरोध हुने गरि दिनुभएको अन्तरवार्ताको आधारमा उहाँलाई चित्रबहादुर केसीको दर्जामा उभ्याएको छ । यो देशमा संघीयता उपयुक्त छैन भन्दै उहाँले भारत र चीनले पनि संघीयता नचाहेको अभिव्यक्ति दिनु भएको थियो ।

 अन्तरवार्ता सुनेपछि सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले आफ्नो फेसबुकमा लेख्नु भएको छ, आजको बीबीसी नेपाली सेवा म गौरमा हुँदा सुने र एकदमै आशर्यच्रकित भए । 

हुनुपनि स्वाभाविक थियो किनकि नेपालमा मधेशी र मधेशका लागि अर्को चित्रबहादुर केसी रुपी डा. अमरेश कुमार सिंहको अन्तर्वार्ता बिभिन्न स्थानीय एफ.एम.मा बज्दै थियो र उक्त एफ.एम. मा सिंहजीले नेपालमा संघियता लागु हुनै सक्दैन र देशको आर्थिक र भौगोलिक हिसाबले पनि उपयूक्त छैन साथ साथै संघीय व्यवस्था पश्चात का सात प्रदेशका मुख्यमन्त्रीसँग पनि डील गर्न भारत र चीनले चाहदैन । 

अत गणतन्त्र नेपालको १० बर्षमा म राजनीति रुपमा परिपक्क भएकोले म यो कुरा भन्दै छु भने उहाँको तर्क थियो । 

शुद्धसँग नेपाली पनि बोल्न नसक्ने सिंहजीले कसको इशारामा मधेशको सवालमा ठिका पट्टा लिएको हो यो हाम्रो लागि चासोको बिषय हुनुपर्दछ । हरेश संवेदनशील मोडमा अमरेश जीको क्रियाकलाप शंकास्पद र उतेजनात्मक देखिएका छन । काँग्रेशका सांसद सिंहजी मधेश आन्दोलन पुर्व पनि चर्को नारा दिई लोकप्रियता बटुल्न प्रयास गरे र पछि एकाएक प्रदाबाट गायब भए, कैलाली पुगे चर्को भाषण गरे र त्यहाँ दुर्घटना निम्त्यो । 

र आज मधेश संवेदनशील मोडमा हुदा मधेश मुलका तर गैरमधेशी पार्टीमा आफ्नो श्रम खर्च गर्नेले मधेशका बारेमा यत्रो टिप्पणी गर्नु हुनत उहाको वाक स्वतन्त्रता हो तर हाम्रो लागि चासो र अनुसंधानको बिषय हुनुपर्दछ ।

राजनीतिक विश्लेषक तुलानारायण साह आफ्नो फेसबुकमा यस्तो लेख्नु भएको छ, राजनीतिमा परिपक्वता केबल राजनीतिक लाइन, त्यस प्रतिको समर्पण र प्राप्तिको लागि गरिने संघर्षले हुने हो, लोभले होइन। 

दुनियाँमा कुनै पनि आन्दोलन राजनीति शास्त्रीहरूको अनुसन्धान वा परिपक्वताको कारण भएको छैन । जनताको चाहनाअनुसार आन्दोलन र परिवर्तन हुने हो । जुन दिन अमरेशकुमार हरु राजनीति सिक्दै सांसद बन्ने प्रयास गर्दै थिए, त्यस दिन मधेसमा रमेश महतोहरू संघीयताको लागि शहादत दिदै थिए । 

आज कसैको दिमाग जति परिपक्व भएको छ, त्यो भन्दा बढी मधेसी समाज र त्यहाँका युवाहरु परिपक्व भएका छन् । कसैको हिम्मत छ भने संघीयतालाई थाती राख्ने घोषणा गरोस त ।।।


त्यसैगरि लेखक दीपक चौधरीले आफ्नो फेसबुकमा यस्तो लेख्नुभएको छ, आजको बीबीसी नेपाली सेवामा मधेशको मसिहाको रुपमा देखाउदै आएका अमरेश कुमार सिंहको अन्तवार्ता धेरैलाई आश्चर्य लाग्न सक्छ । उनले आज स्पष्ट रुपमा मुलुकले संघीयता आर्थिक दृश्टिकोणबाट थेग्न नसक्ने र यो आवश्यक नरहेको आशय प्रकट गरे । के भन्छन यसबारे उनलाई मसीहा मान्नेहरु  ?

तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले पनि आफ्नो फेसबुकमा लेख्नु भएको छ,‘–अमरेशजी को बीबीसी अन्तरवार्ताले हामीलाई दुखित बनाएको छ । जुन हिसाबले उहाँले आफुलाई १० वर्षमा राजनैतिक हिसाबले परिपक्व भईसके र त्यसअनुसार हेर्दा देशमा संधियता चाहिदैन भनेर भन्नुभएको छ । उक्त कुरा घोर मधेश विरोधी हो भनेर हामी ठान्दछौ।

 र, दुखित हुनुपर्ने दुईटा कारण छ एउटा उहाँको घर हाम्रो निर्वाचन क्षेत्रमा छ भने अर्को उहाँ हाम्रो क्षेत्रको सांसद हुनुहुन्छ । अमरेशजी लाई आग्रह गर्दछु यत्रो राप र ताप ले भएको मधेश आन्दोलन जहाँ सैकडोले बलिदानी दिए, हजारौ घरबार बिहिन भए, हजारौ आपांग भए, धेरै आमा दिदि बहिनि बिधवा भए त्यस पश्चात यो देसमा संघियता आएको हो ।  
कसैको बिरासतमा आएको हैन । आंदोलन हुदा तपाई घरमा लुकेर बस्नु भएको थियो । तपाईलाई के थाहा आन्दोलनको मर्मको बारेमा, त्यसैले संधियताको बारेमा तपाईले बोल्नुपर्ने कुनै अधिकार छैन र न तपाईको हैसियत नै पुग्छ । 
 राजनिति गर्नुस् तर जमिरसँग नखेल्नुस । तपाईको राजनैतिक परिपक्वतालाई हामि बुझिस्क्यौ, संबिधानमा हस्ताक्षर गर्ने बेलामा पनि हेरेकै थियौ । अबदेखि यस्ता गलत गलत अफवाह फैलाएर सोझा साझा जनतालाई नउकास्नुस र यसप्रकारको भ्रमहरू फैलाउने काम बन्द गर्नुस् ।


बीबीसी यहाँ सुन्नुस्

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..