» » बाढीले गर्दा सैयों घर डुवानमा

राजविराज, साउन ८ गते । वर्षाका कारण विभिन्न खोला, नाला र नदीमा आएको बाढीले सप्तरीका करिब ५०० भन्दा बढी घर डुबानमा परेका छन् ।

खाँडो खोलामा आएको बाढीले जिल्लाको दक्षिणवर्ती क्षेत्रमा सयौँ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

यस्तै मोहली खोलामा आएको बाढीले जिल्लाको पूर्वी भेगमा रहेको घर डुबानमा परेको बताइएको छ ।

मोहली खोलाको बाढी पोर्ताहा, भारदह, गिद्धखोरा, बरमझिया, त्रिकोल लगायत गाविसमा पसेको भारदह–५ का दीपेन्द्र दासले बताउनुुभयो । खाँडो नदीको बाढीले सकरपुर, रम्पुरा मल्हनियाँ, तिलाठी, भारतको कुनोली आसपास क्षेत्रका घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

त्यस्तै मोहली खोलमा आएको बाढीले पोर्ताहा गाविसका ८ र ९ नं वडामा करिब ५०÷६० बिघामा लगाइएको धानको खेतमा पानी पसेको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।














About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..