» » गच्छदार दोधारमाः प्रचण्ड निवासमा हुँदैछ छलफल

काठमाडौ साउन ३ गते । माआवादी केन्द्र र काँग्रेस गठबन्धनको सरकारमा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार जाने कि नजाने विषयमा अन्योल देखिएको छ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहने कि नेकपा (माओवादी) केन्द्रमा जाने विषयमा अन्योल देखिएको छ । एमालेका अध्यक्ष ओलीलाई रोज्यो भने सरकार बाहिर रहनु पर्ने अवस्था ।

माओवादीलाई रोज्यो भने आफू अनुकुलको मन्त्रालय नपाउने अवस्था । यस्तै दोधारमा हुनुहुन्छ गच्छदार । उहाँका पार्टीका एक नेताले भन्नुभयो, गच्छदारलाई सरकारमा लिने नलिने विषयमा अहिले मधेशी मोर्चा बाधक देखिएको छ । मधेशी मोर्चा चाहदैन कि विजय गच्छदार यो गठबन्धन नेतृत्वको सरकारमा आओस् ।

यता काँग्रेसमा पनि कतिपय नेताहरु चाहन्छन् गच्छदार यो सरकारमा सहभागि नहोस् किनभने यसअघि काँग्रेसलाई छाडेर एमालेलाई साथ दिएर सरकारमा सहभागि भएका थिए । त्यसले काँग्रेसभित्र कतिपय नेताको चित्त दुखाएको छ ।

सरकारको बारेमा निर्णय गर्न आज फोरम लोकतान्त्रिकले बैठक बोलाएको थियो तर माओवादीसँग कुरा फाइनल नभएको कारण बैठक स्थगित गरि आज प्रचण्डसँग छलफल गर्न उहाँको निवासमा पुग्नु भएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..