» » सुवाष नेम्वागं भन्नुभयो, अविश्वासको प्रस्ताव आउनु देशका लागि दुर्भाग्य हो


काठमाडौ साउन ७ गते । पूर्व सभामुख सुवास नेम्वागंले देशलाई कतातिर लगेको प्रश्न गर्नु भएको छ । आफूले बोलेको देखेर नेताहरु हाँसेको भन्दै एमालेका नेता समेत रहनु भएका उहाँले भन्नुभयो, देशको अवस्था हेर्दा दुख मनाउ कि खुशी होउ भन्न सकिरहेको छैन, नेताहरुलाई हाँसेकेो देख्दा नेताहरु खुशी हुनुहुन्छ जस्तो लाग्यो ।

अविश्वास प्रस्तावले एकता प्राप्त गर्न सकिदैन, यो ठिक बाटो होइन, यो दुर्भाग्य बाटो हो, सकिन्छ भने यसलाई सच्याउ नभए देशका लागि दुर्भाग्य हुनसक्छ, आज संसदमा बोल्नु हुँदै नेवागंले भन्नुभयो, पटक पटक सरकार परिवर्तनले सविधान कार्यान्वयनमा समस्या उत्पन्न हुनेछ । यो अविश्वस प्रस्ताव बेठिक र दुर्भाग्यपूर्ण छ ।

सविधान निर्माण भइसकेपछि विभिन्न कोणबाट ब्याख्या हुन्छ,, त्यो ठिक होइन, उहाँले प्रधानमन्त्री अ‍ोलीमाथि विभिन्न कुराहरु उठाइएको टिप्पणी गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..