» » राजतन्त्रसँग लगनगाँडो भएकासँग प्रचण्डको केको कानेखुशी ?


काठमाडौँ, साउन १५ गते । नकेपा (माओवादी) अध्यक्ष प्रचण्ड संसदमा बोल्नु हुँदै भन्नुभएको थियो, प्रधानमन्त्री केपी शर्मा ओली संघीयता नचाहने र समावेशी समानुपातिक नचाहने  हुनुहुन्छ । उहाँको लगनगाँठो राजतन्त्रवादीहरुसँग रामै छ ।

यो कुरा भनेको दुई साता नबित्दै प्रधानमन्त्री अ‍ोलीलाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भयो । त्यहाँ पुगेर तिता मिठा कुरा गर्नु नै भयो, राष्ट्रिय सहमतिको सरकार बनाउन पनि आग्रह गर्नुभयो । अ‍ोलीले आफ्नो नेतृत्वको सरकारमा कमल थापा र चित्र बहादुर केसीलाई सामेल गराएको कारण ओलीप्रति प्रचण्डको त्यस्तो टिप्पणी थियो तर जसलाई संघीयता विरोधी र राजतन्त्र पक्षधर भनि आरोप लगाउनु त्यसैलाई आज आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह आग्रह गर्नुभयो ।

त्यस्तै यसअघि पनि ओलीलाई मानसिक रोगी भन्दै उहाँले उपचार गराउन सरकारलाई आग्रह गर्दै ३० दलीय गठबन्धनबाट विज्ञप्ति जारी गर्न लगाउनु भएको थियो । प्रचण्ड गठबन्धनको संयोजक हुनुहुन्थ्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दलहरुलाई दिनुभएको समयसीमा भोलि आइतबार सकिन लागेको अवस्थामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।

राष्ट्रिय एजेन्डामा मिलेर अगाडि जाने अवस्था रहेको भए पनि तत्काल आफ्नो पार्टी सरकारमा सहभागी हुने सम्भावना कम रहेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई राष्ट्रिय सहमतिको बारेमा कुरा गर्न धेरै ढिलो गरेको आरोप लगाउनुभयो ।

गठबन्धन छँदैछँदा सहमतिको सरकार बनाउँ भनि आफूले पटक पटक आग्रह गरेको तर त्यतातिर कुनै ध्यान नदिई आफ्नै तरिकाले अगाडि बढेको उहाँले प्रचण्ड समक्ष गुनासो गर्नुभएको थियो ।

अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेसनोटमा छलफलका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, संविधान कार्यान्वयनलगायतका विषयमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको जनाएको छ ।

एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रियामा माओवादी केन्द्र अगाडि बढिरहेका बेला भएको भेटवार्तामा दुई दलबीच पछिल्लो दिनमा बढेको दूरी घटाउने र राष्ट्रिय मुद्दामा मिलेर जाने सहमतिसमेत भएको उल्लेख गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..