» » फोरम नेपालबाट आङ्काजीको राजिनामा


काठमाडौँ, साउन ११ गते । सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा गर्नुभएको छ ।

उहाँले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिनुभएको हो । उहाँको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई बढी अवसर दिएको र पार्टीभित्र ‘नस्लवाद र नातावाद’ हाबी भएको उल्लेख गर्नुभएको  छ ।

पार्टीका नेता जिम्मेवारीमा भन्दा पनि व्यक्तिगत स्वार्थ दोहनमा लागेको उहाँको आरोप छ । उक्त राजीनामा पत्रमा पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख छ । यसैगरी उहाँले पहिचानको आन्दोलनमा भने अभियन्ताका रुपमा क्रियाशील रहने बताउनुभएको छ ।

दुई दिनदेखि केन्द्रीय परिषद्को बैठक चलिरहँदा उहाँले त्यो राजिनामा दिनु भएको हो । तर, यसअघि दुई दिन चलेको केन्द्रीय समितिको बैठकमा पनि यस बारेमा कुनै चर्चा थिएन । एकाएक राजिनामा दिएको कुरा आफूले मिडियाबाट जानकारी पाएको फोरम नेपालका नेता जयराम यादवले बताउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..