» » १९औं गाविस खुल्ला दिशा मुक्त घोषण


मनिष गुप्ता

कपिलवस्तु  असार २० । पुरूषोत्तमपुर गा.वि.स.को पहिचान, खुल्ला दिशा मुक्त अभियानू भन्ने मुल नाराको साथ कपिलवस्तु जिल्लाको १९ औं गा.वि.स.को रूपमा पुरषोत्तमपुर गा.वि.स.लाई खुल्ला दिशा मुक्त घोषण गरिएको छ ।

२०१६ भित्रै जिल्लालाई खुल्ला दिशा मुक्त बनाउने उदेश्य लिएर धमाधम गा।वि।स।हरू घोषणा भएको पइएको छ ।

पुरषोत्तमपुर गा.वि.स.भित्र ४९५ घरधुरी रहेको र १०० प्रतिशत शौचालय बनेको गा.वि.स.सचिव रामविलास शुक्लाले  दाबी गर्नु भएको छ । यस गा.वि.स.लाई एक साता पहिला पूर्ण सक्षर घोषणा गरिएको शुक्लाले जनकारी गराउनु भयो ।

कार्यक्रमको अध्यक्षता गाविस सचिव रामविलास शुक्ला, प्रमुख अतिथि माननीय संसद अभिषेक प्रताप शाह, विशिट अतिथि इश्वर दयाल मिश्रा, रवि दत्त मिश्रा, स्थानिय विकास अधिकारी चन्द्रकान्त न्योपाने, अतिथि, पत्रकार लगायात कार्यक्रममा कुल २५० जनाको उपस्थिती  थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..