» » फोरम नेपालले राजमार्ग केन्द्रीत आन्दोलन गर्ने


काठमाडौ साउन ८ गते । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठक सकिएको छ ।

दुई दिनसम्म चलेको बैठकमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन, कोषाध्यक्ष विजय यादवले आर्थिक प्रतिवेदन तथा महासचिवले सगाठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । तीनटै प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

मागको सम्बोधन नभएसम्म सरकारको समर्थन गरिदैन । ओली सरकारलाई ढाल्नका लागि सहयोग गर्ने तर सरकार परिवर्तनमा भाग नलिने राजनीतिक प्रतिवेदनमा रहेको पार्टीका नेता अभिषेक प्रताप शाहले बताउनुभयो । राजनीतिक प्रतिवेदन २५ पेजको रहेको छ ।

आन्दोलनलाई निरन्तरता दिन निर्णय गरेको छ । काठमाडौलगायत देशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रम गर्नुको साथै राजमार्ग केन्द्रीत आन्दोलन गर्ने निर्णय भएको उहाँले जानकारी गराउनुयभो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..