» » यता सहिद परिवारको रकममा वाइक चढ्छन्, उता सहिद परिवार सिडियो कार्यालय धाउछन् (सरोजको शब्दमा)


-सरोज राय 
अस्ति हामी कुष्ठरोगीहरु को इलाजको लागि पहल गर्न मोहम्मद रियाज साफीसँग रौतहट पुगेका थिए । त्येही क्रममा त्यहाँका स्थानीय पत्रकार अभिमन्यु पटेलको मद्दतबाट आन्दोलनमा शहिद भएको मेहरुद्दीनको परिवारसँग भेट्ने सौभाग्य पनि पाए ।

शहिद मेहरुद्दीनको घर रौतहट क्षेत्र नं २ गा.वि.स. अकोलवा वार्ड नं ७ बलुवा टोल गाउँको मुखमै रहेको छ। घरको मुखमा गाडी लगाउन पाएका छैनौँ कि स–साना बाल बालिकाहरुको साथै गाउँवासीहरु जम्मा हुन् थाले । सबैलाई लाग्यो कि हामी सरकारीस्तर बाट आएका छौ र शहिद परिवारको लागि क्षतिपुर्ति वापत पाउने १० लाख दिन आएका छौँ । शहिदको आफन्त र गाउँवासीलाई आफ्नो परिचय दिए र जानकारीहरु बटुल्न थाले ।
शहिद मेहरुद्दीनको ४ छोरा र १ छोरी, ६० वर्षीय आमा आर्बू र ३५ वर्षीय श्रीमती समिना रहेक छन् । करिव १६ वर्षीय सबैभन्दा जेठो छोरा भारतमा काम गर्छन् । बाँकी सम्पूर्ण परिवारको सदस्यको जिम्मेवारी श्रीमती समिनाको काँधमा छ। एउटा छोरा मदरसा पढ्न गएपनि स्कूलको पढाईबाट सब बन्चित छ। शायद कमजोर आर्थिक अवस्था र पढाईप्रति जागरुकता कम भएको हुनाले कोइ स्कुल जाँदैन होला । हुनत त्यसभेगमा अरु परिवारहरुमा पनि शिक्षा प्रति रुचि कम देखियो ।

आन्दोलनको क्रममा मेहरुद्दीनलाई पछाडीबाट संवेदनशील अंगमा गोलि लागेको थियो । उनका इलाज काठमाण्डु र वीरगञ्ज दुबै ठाउँमा भयो । पछि अलि सामान्य भएपछि गाउँमा आएर बसे पनि तर पछि फेरी स्वास्थ असामान्य भएपछि वीरगञ्ज इलाजको लागि गए । इलाज कै क्रममा उनको मृत्यु भयो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तयार परेको शहिदको नामावलीमा मेहरुद्दीनको नाम भएपनि सरकारी लिस्टमा छैन । जसले गर्दा सरकारबाट पाउनु पर्ने दश लाख क्षतिपुर्ति पाएको छैन । रौतहटक सिडिओको भनाइमा दुर्इ चोटी मेहरुद्दीनका श्रीमती काठमाण्डौ गए तर खालि हात नै फर्किनु पर्यो ।

एक चोटी सिंहदरवार छिर्न पास नभएको कारण कसैसँग नभेटि सिंहदरवारको गेटबाट फर्किनु पर्यो, सबिना भन्छिन् । मोर्चाको नेताहरुलाई लिएर किन नजान्नु भएको प्रश्नको उतरमा उनि भनिन्, कहाँ कोइ नेता आउँछन हामी कहाँ, शुरु शुरु मा भेट्न र फोटो खिचाउन धेरै जना आए तर काम परेको बेला कोई आईदिएन । हाल सम्म ४९ हजार आर्थिक सहयोग पाएको छु जसमा जनकपुरको कृष्णचन्द्र प्रसाद साह (मधेश रिलिफ फन्ड) मार्फत २५ हजारको ठुलो सहयोग पाएको छु ।

एकचोटी यस्तै सहयोग लिन जाने बेलामा जसले आफ्नो मोटरसाइकलमा बसाएर लग्यो एक हजार पेट्रोल वापत काट्यो ।

अहिले समिना दिनहुँ सिडिओ कार्यालयको चक्कर लगाई रहेकी छिन् । स्थानीय पत्रकार अभिमन्यु पटेलजीको आगाडी सहयोग गर्ने आश्वाशन दिएका छन् । यताहेल्प मधेशी विरेन्द्रकुमार साहबाट पनि शहिदको परिवारलाई आर्थिक सहयोग गर्ने आश्वाशन दिएका छन् । आशा गर्छु यिनीहरुको आश्वाशन यथार्त मा बदलिन्छ।
उनका एक १२ वर्षीय छोरालाई जनकपुरको एउटा स्कुलमा कक्षा १२ सम्म होस्टलमा राखेर पढाई दिने प्रस्ताव राखे पनि उनि तत्काल मानेनन् । म आफ्नो फोन नं. छोडेर आएको छु, पढ्ने इच्छा जागे फोन गर्नु होला भनेको छु ।

यसै लेख मार्फत मोर्चाको स्थानीय र शिर्ष नेताहरु तथा सरकारसँग उक्त शहिद परिवारको लागि पहल गर्न अनुरोध गर्दछु । साथै कसैले सिधा आर्थिक सहयोग गर्न चाहनु हुन्छ भन्ने सबिनाजीको बैंक अकाउन्ट डिटेलको लागि सम्पर्क गर्नु होला ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..