» » गच्छदार र ओलीलाई एका एक यादव मोह !


सिचाई विभागका महानिर्देशक रमानन्द यादव नेपाल सरकारको सचिव पदमा असार २६ गते बढुवा हुनुभएको छ ।

उहाँ यादव समुदायमध्येका पहिलो सचिव हुनुहुन्छ । काँग्रेस पार्टीले जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट हटाउनुको साथै मन्त्रालयमा पनि हेला गरेर राखेको थियो । माआवादीका नेता एवं सप्तरीका सांसद उमेश कुमार यादव सिचाई मन्त्री हुनु भयो, रमानन्द यादवको भाग्य नै उदय भयो । मन्त्री भएपछि उहाँले रमानन्द यादवलाई सिचाई विभागको महानिर्देशक बनाउनु भएको थियो र पछि मन्त्री यादवकै विशेष पहलमा रमानन्द यादव सचिव पनि बन्नुभयो ।

सिफारिश भएकामध्ये रा.प.तृतिय द्धितिय श्रेणीमा सबैभन्दा सिनियर र फस्ट क्लासमा लोक सेवा आयोगको विज्ञापनका कारण सामान्य रुपमा दुई चार दिनका मात्र उहाँ अघिपछि हुनुहुन्थ्यो ।

उहाँको कार्यकुशलता, विगतमा गरेका कार्यको मूल्यांकनको आधारमा सचिव पदमा सरकारले बढुवा गरेको भनिएपनि माओवादीको चर्को दवाव र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभेच्छाले रमानन्द यादव सचिव बन्न सफल हुनुभयो । स्रोतका अनुसार रमानन्द यादवलाई सचिव बनाउनका लागि मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक पटक भेट्नु भएको थियो र त्यही भेटमा उहाँलाई रमानन्दका लागि कन्भिन्स गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले यादवको इतिहास कायम राख्ने आश्वासन दिनुभएको थियो र मन्त्रीपरिषद्को बैठकमा त्यही अनुसारको अडान राखेर सचिव पनि बनाउनु भयो ।

हुन त प्रधानमन्त्री ओलीकै पार्टीबाट रक्षा मन्त्री बन्नुभएका भिम रावलले त्यसको विरोध गर्नुभएको थियो । उहाँले आज मधेशी तथा यादवको नाममा कोही सचिव बन्दैछ भने भोली गएर सुदुरपश्चिमको नाममा सचिव बन्न पाउँछ कि पाउँदैन भनि प्रश्न गरेका थिए तर प्रधानमन्त्री ओलीका अगाडि कसैको केही चलेन ।

प्रायः बैठकमा कम बोल्ने उपप्रधानमन्त्री तथा भौतिक योजना तथा यातायात मन्त्री विजयकुमार गच्छदारले रमानन्द यादवको पक्षमा खुलेर बोल्नु भएको थियो । उहाँले भन्नुभएको थियो, आफू बैठकमा बोल्दिन भन्नुको अर्थ मलाई केही थाह छैन, म मूर्ख हुँ भने होइन । हरेक कुरा मलाई थाह छ । युवा नेता (उमेश यादव) ले भनेको कुरा एकदम सही हो । आकल झुकल मधेशीहरु प्रस्तावमा आउने गर्छ । कति नै मधेशीहरु छन् यहाँ त्यसमा पनि आजसम्म कुनै यादव सचिव बनेका छैन । एउटा यादवलाई सचिव बनाउँदैमा केही विग्रिदैन ।’ गच्छदारले बोलेपछि सबै गम्भिर भए । र, रमानन्द यादव सचिव हुनुभयो ।

गोरखा दक्षिणबाहुन, प्रोत्साहित पुरस्कार, ग्रेडथप, उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पनि सम्मानित भइसक्नु भएका रमानन्द यादवको प्रतिस्पर्धामा केशवध्वज अधिकारी र दिनेश घिमिरे हुनुहुन्थ्यो । २०४२ सालमा भाद्र १३ गतेदेखि सहायक इन्जिनियरबाट जागिर शुरु गर्नुभएका रमानन्द यादव कृषि मन्त्रालयको एआरपी प्रोजेक्टमा रहेर मधेशका २२ जिल्लामा बिल्डिगं बनाउने काम गर्नुभएको थियो ।

२०४४ सालमा जलस्रोत मन्त्रालयमा आउनु भएका उहाँ २०४५ सलामा सुर्खेत सिचाई क्षेत्रिय निर्देशनालयमा जानु भयो । त्यसपछि बर्दिया जिल्ला सिचाई कार्यालय प्रमुख हुनुभयो । सुर्खेत सिचाई डिभिजन प्रमखुमा सात वर्षसम्म लगातार काम गर्नुभएका उहाँ दांग, कपिलवस्तु, धनकुटा डिभिजनको पनि प्रमुख भएर काम गर्नुभयो ।

त्यसपछि उहाँ नारायणी सिचाई योजना वीरगञ्जको प्रमुख बन्नुभयो । बागमती सिचाई योजननाको प्रमुख समेत बनिसकेका यादव जलउत्पन्न प्रकोप नियन्त्रण विभागको पनि महानिर्देशक बन्नुभएका थियो । काँग्रेसका एनपी साउद सिचाई मन्त्री भएपछि उहाँलाई मन्त्रालयमा ल्याएर थन्काएका थिए । पछि उमेश यादव सिचाई मन्त्री बनेपछि रमानन्द यादव सिचाई विभागका प्रमुख बन्नु भएको थियो र अहिले उहाँ सचिव बन्नुभयो । रमानन्द यादव जेठ २ गते २०७५ मा अवकाश प्राप्त गर्नुहुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..