» » ओलीको काँध गलेकै हो, सरकार फेरिने नै भयो त ?

काठमाडौँ, असार १९ गते । मधेसवादी दल, आदिवासी जनजाति समूहलाई वार्तामा ल्याएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यसहित नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने निर्णय गरेको छ ।

गत वैशाखमा प्रमुख सत्तारुढ दल नेकपा (एमाले) र माओवादी केन्द्रका बीच नौ बुँदे तथा तीन बुँदे भद्र सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्रले असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

यद्यपी प्रधानमन्त्री केपी शर्माले ओलीले स्वयं र सो दलमा नेताहरुले त्यस्तो भद्र सहमति केही पनि नभएका धारणा सार्वजनिक गर्दै आएको छ । यसैबीचमा एमाओवादीले सरकार ढाल्ने खेलमा अगुवाई गरेको छ ।

माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म मुलुकका विद्यमान समस्या समाधान हुन नसक्ने र त्यसमा प्रमुख राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय सहमतिको सरकारका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका दलले विशेष योगदान गर्नुपर्ने निष्कर्ष निकाल्दै बैठकले त्यसको पहल माओवादीले गर्ने निष्कर्षसमेत निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ ।

युद्धकालीन मुद्दा, शान्ति प्रक्रियासँग जोडिएका विषयमा सरकारको नेतृत्वकर्ता दलले ध्यान नदिएको र पूर्व सहमति कार्यान्वयनमा मन नलगाएको भन्दै माओवादीका नेताले सार्वजनिक रूपमा नै सरकारको आलोचना गर्दै आउनुभएको छ ।

बैठकले आफ्नो एजेन्डा मिल्ने दलसँग मिलेर वा सबै दलको सहमतिमा अगाडि बढ्ने निष्कर्षसमेत निकालेको बताइएको छ । बैठकमा सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमा सहभागी मन्त्रीको समेत आलोचना भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..