» » गच्छदारले भन्नुभयो ‘वर्तमान सरकार विघटन हुने छैन’


सुनसरी, असार २८ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारले नै स्थानीय, प्रान्तीय र राज्य सरकारको निर्वाचन गराएर नयाँ सत्ता सरकारलाई हस्तान्तरण गर्ने बताउनुभएको छ ।

सुनसरीको दुहवीभलुवा नगरपालिकालाई हिजो खुलादिसामुक्त नगरको घोषणा गर्दै उहाँले वर्तमान गठबन्धन सरकार विघटन हुने अवस्था सिर्जना भइनसकेको दाबी समेत गर्नुभयो ।

विगतमा ठूला राजनीतिक दलका शीर्ष नेताबीच सहमति र सहकार्य हुन नसकेकै कारणले राष्ट्रिय मुद्दाहरूमा एकता सहमति र सहकार्य हुन नसकेको हो भन्दै उहाँले देश र जनताका सरोकारका विषयमा साझा सहमति नबनेसम्म देश समृद्ध बन्ने नसक्ने उल्लेख गर्नुभयो ।


दुहबीभलुवा नगरपालिकाको चार हजार ८०७ घर परिवारमा शौचालय निर्माण गरी प्रयोगमा ल्याइएसँगै नगरापालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..