» » अन्ततः केपी ओलीले दिनुभयो राजिनामा


काठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरिसक्नु भएको छ ।


सत्ता सहयात्री दल माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरमले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश गरेपछि ओलीले राजीनामा दिनु भएको हो ।

शीतल निवास स्रोतका अनुसार संसदमा समबोधन अघि नै उहाँले राजीनामा पेश गर्नुभएको हो । संसदमा दिइरहेको सम्बोधनको अन्त्यमा  उहाँले राजीनामा घोषणा गर्नु हुनेछ ।

प्रधानमन्त्री ओलीको टिमका सदस्यले भन्नुभयो, ‘सम्बोधनको उहाँले राजीनामा घोषणा गर्नु हुन्छ।’

केही घण्टाअघि बसेको मन्त्रिपरिषद्ले नयाँ सरकारका लागि मार्ग प्रस्तुत गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान गरिएको थियो ।
उहाँ गत असोज २४ गते प्रधानमन्त्री बन्नु भएको थियो ।

तत्कालिन एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका दल ओली सरकारमा सहभागी भएका थिए।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..