» » फोरम नेपालको केन्द्रीय समितिको बैठक शुरु (फोटो फिचर)


काठमाडौं, साउन ७ गते । संघीय समाजवादी फोरम, नेपालको तेस्रो केन्द्रीय तदर्थ समितिको बैठक काठमाडौंमा आजदेखि शुरु भएको छ ।

साउन ७ र ८ गते गरि दुई दिन चल्ने बैठक निर्धारित समयानुसार शुक्रबार ११ बजेदेखि बस्ने भनिए पनि केही बेर ढिलो गरी शुरु भएको कार्यालय सचिव योगराज वनेम लिम्बुले जानकारी दिनुभयो ।

आन्दोलनरत संघीय गठबन्धनको प्रमुख घटक फोरम नेपालको केन्द्रीय समिति बैठकमा सहभागी हुन विभिन्न जिल्ला र क्षेत्रहरूबाट केन्द्रीय नेताहरू काठमाडौं आएका छन् ।

जारी संविधानको विरोधमा लामो समयदेखि आन्दोलनरत पार्टीको यस बैठकलाई विशेष महत्वको साथ हेरिएको छ ।

यतिबेला सरकार परिवर्तनको गोलचक्करमा नेपालको राजनीति घुमिरहेको बेला पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने निर्णयहरूलाई समेत गम्भीरतापूर्वक हेरिएको छ ।

बैठकमा संघीय गठबन्धन नेतृत्वको आन्दोलन र सरकारी रवैया र अविश्वासको प्रस्तावमा पार्टीको भूमिका लगायतका समयसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

त्यसैगरी वर्तमान राष्ट्रिय परिस्थिति, पार्टी एकिकरणको एक वर्षका कामहरूको सिंहावलोकन, पार्टी एकिकरणको ऐतिहासिक महत्व, मेची–काली सन्देश अभियान, मस्यौदा संविधान जारिपछि पार्टीले लिएको कार्यनीतिलगायत विषयमा समेत गम्भीर छलफल हुने जनाइएको छ ।

साथै प्रतिगामी संविधान जारी भएको  असोज ३ लाई कालो दिन, नेपालको संविधान यथास्थिति र प्रतिगमनको दस्तावेज, व्यवस्थापिका–संसदमा पार्टीको भूमिका, विनाशकारी भूकम्पपछि पार्टीको भूमिकालगायत विषयहरूमा समेतमा बैठक केन्द्रित हुने बताइएको छ ।

त्यसैगरी प्रतिगमनको उपज ओली सरकार र उनको ९ महिने कार्यकाल, नेपाली क्रान्तिको मार्ग दर्शक शिद्धान्त संघीय समाजवादवारे, नेपालका राजनीतिक शक्ति र त्यसका प्रवृत्तिहरू, हाम्रा आगामी कार्यभार लगायतका राजनीतिक विषयहरूमा समेत वैठक केन्द्रित हुने बताइएको छ ।

तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनका साथै विभिन्न निकाय, विभाग र समितिहरूको प्रतिवेदनहरू प्रस्तुत गरिने छन् ।

मधेशी जनाधिकार फोरम, संघीय समाजवादी पार्टी र खस–समवेशी राष्ट्रिय पार्टीबीच एकता भई संघीय समाजवादी फोरम, नेपाल २०१५ जुन १५ तारिखमा स्थापना भएको हो । ससफो नेपालले प्रथम स्थापना दिवस समेत गत जुन १५ तारिखमा मनाइसकेको छ ।

ससफो नेपालको पहिलो केन्द्रीय तदर्थ समितिको बैठक पार्टी स्थापनालगत्तै सम्वत् २०७२ असार १ गते काठमाडौंको खुशिबुस्थित नेपा ब्याङ्क्वेटमा बसेको थियो भने दोस्रो केन्द्रीय तदर्थ समितिको बैठक गत माघ ८ र ९ गते ६÷६ महिनाको मधेस आन्दोलनलगत्तै ‘ॐ शान्ति पार्टी प्यालेस’मा नै सम्पन्न भएको थियो ।









About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..