» » गच्छदारलाई सरकारमा लिए गठबन्धनले असहयोग गर्ने

काठमाडौ साउन १२ गते । संघीय समाजवादी फोरम नेपालका नेता एवं सांसद अभिषेक प्रताप शाहले मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा लिए भने माओवादी र काँग्रेस गठबन्धनलाई कुनै प्रकारको सहयोग नहुने बताउनु भएको छ ।

मधेश आन्दोलनमा मधेशी जनता मरिरहँदा काठमाडौमा सत्ताको खेलमा रहनु भएका विजय कुमार गच्छदार पुनः नयाँ गठबन्धनमा जाने प्रयास गरिए त्यसमा आफूहरुको कुनै सहयोग नहुने बताउँदै नेता शाहले गच्छदार यस्तो व्यक्ति हुन् जसले मधेश आन्दोलनलाई सुनियोजित भनेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, गच्छदारलाई सरकारमा लिए भने नयाँ सत्ता गठबन्धनले हाम्रो माग पूरा गरोस या नगरोस् सरकारमा हामी जाँदैनौ । हामीले उठाउँदै आएको माग पूरा भए सरकारमा जाने नजाने बारेमा विचार गर्न सक्छौ भनेका छौ तर जब गच्छदारलाई लिन्छ अनि हाम्रो माग पूरा भएपनि हामी सरकारमा जाँदैनौ ।

आफ्नो राजनीतिक जीवनमा १२ पटक भन्दा बढी पटक मन्त्री बनि सक्नु भएका गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम समयमा छाडेर माओवादीले ल्याएको विश्वासको प्रस्तावलाई सहयोग गर्नुभएको थियो । त्यो सहयोगसँगै सरकारमा जाने विषयमा समेत प्रचण्डसँग कुरा गरेपछि संघीय गठबन्धनका सयोजक एवं फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसको विरोध शुरु गर्नुभएको थियो ।
उहाँले संसदमा बोल्दा पनि गच्छदार जस्तालाई सरकारमा ल्याउन नहुने संकेत गर्नुभएको थियो । संघीय गठबन्धनको बैठकमा समेत उहाँले गच्छदारलाई कुनै पनि हालतमा सरकारमा जान दिन नहुने धारणा राख्नु भएको थियो ।


लिखित सहमति भए फोरम नेपाल सरकारमा जाने

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..